नेपाली / English / हिन्दी

पूर्वमन्त्री खतिवडालाई अमेरिकाको राजदूतमा सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौं । मन्त्रिपरिषद बैठकले पूर्व अर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको लागि नेपाली राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ । साथै मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतको राजदूतमा सिफारिस गरेको छ भने मुख्यसचिवमा परराष्ट्र सचिव शंकरदास वैरागी नियुक्त भएका छन् । मुख्य सचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै नयाँ मुख्य सचिवमा शंकरदास बैरागीलाई नियुक्त गरिएको स्रोतले जानकारी दिएको छ ।