नेपाली / English / हिन्दी

कोरोना संकटको बीच विश्वको चार ठाउँमा लडाईको शुरुवात : सुनियोजित रुपमा थर्ड विश्व युद्ध निम्त्याईदै

कोरोना महामारी एक मानव निर्मित महामारी हो यस विषयलाई अब नकार्न मिल्दैन । २०१७ मा नामाकरण भएको कोभीड–१९ वास्तवमा कोभीड–१७ हुनु पर्ने थियो । तर, सुनियोजित रुपले कोभीड–१९ भनेर नामाकरण भयो । व्यापार, व्यापारिकरण अथवा सर्वोच्चताका लागि मानव जात कुन हद सम्म जान सक्छ भन्ने उदाहरण यो सुनियोजित मानव निर्मित कोभीड–१९ ले देखाएको छ । आज हामीले बुझि रहेका छौ, सम्झि रहेका छौं तर मजबुर असहाय अनाथ झै मरता क्या न करताको संघारमा छौ । कोरोना महामारी त विश्व स्वास्थ्य संगठन, विश्व बैंक र बील गेट्स जस्ता महासंस्था र महा मानवका लागि एक महज प्लान वा प्रयोग हुन सक्छ । यसमा कुनै दुई मत छ जस्तो लग्दैन पनि । भनिन्छ जन्म र मृत्यृ ईश्वरको मर्जिमा छ ।

तर, महासंस्था र महा मानव जस्ताले आज हामी मनुष्यका दिन र मिति निर्धारण गरिरहेका छन् । त्यसैले होला शायद, युरोपमा बील गेट्स ईज बीग डाग अर्थात बील गे्ट्सलाई कुकुरको संज्ञा दिई रहेका छन् । यो किन होला यो विषयलाई खोज तलास र मनन गर्नु आवश्यक छ । कोरोना माहामारीबाट पूर्व निर्धारित मृत्यृको संख्या सुनियोजित छ यदि पूर्व निर्धारित मृत्यृको संख्या मीट भएन भने त्यो संख्यालाई मीट गर्न अर्को सुनियोजित प्लानको शुरुवात भई रहेको छ । यसका लागि हामीले विश्वका समाचारहरुबाट सहजै अनुमान लगाउन सक्छौ ।

कोरोना संकटको बीचमा विश्व युद्धको खतरा कुनै पनि समयमा हुनसक्छ । विश्वका चार स्थानमा द्वन्द्व चलिरहेको छ । सबैभन्दा ठूलो रणभूमि मैदान रूसको नजिक छ, विगतमा रुसका हिस्सा भएका आर्मेनिया र अजरबैजान एक अर्काको भूमिको लागि तिर्खाएका छन् । मिसाइल, तोप, टँ्याकको बलमा युद्ध दुई देशहरु बीच भइरहेको छ । मुस्लिम बहुल देश अजरबैजानले आर्मेनियामा ड्रोनको आक्रमण पनि शुरू गरिसकेको छ ।आर्मेनिया र अजरबैजानमा प्रत्यक्ष युद्ध भइरहेको छ भने विश्वका अन्य केही देशहरू बीच तनाव निरन्तर बढिरहेको छ । भारत–चीन सीमा विवादमा आमने सामने छन् । साउदी अरेबिया र इरान बीच तनाव बढेको छ । सोही समयमा, रसियाले पनि पाकिस्तान र टर्कीको षडयन्त्रको बिरूद्ध ठूलो कारबाही गर्न सक्ने सम्भावना उतिकै छ । यस बाहेक चीन र ताइवानमा पनि तनाव बढी रहेको छ ।

त्यस्तै साउदी अरेबियाले १० इरान आतंककारीहरुलाई पक्राउ गरेको छ, त्यसपछि साउदी अरेबिया र इरानले एक अर्काको बिरूद्ध युद्धको घोषणा गर्न सक्ने डर छ । यस्तो समयमा, भारत र चीनबीच लद्दाखमा रहेको तनाव कम भएको देखिदैन । यसको विपरीत चीनले लद्दाखको बारेमा विवादित बयान दिएको छ जसलाई अझ तनावपूर्ण बनाउने छ र त्यसपछि एलएसीमा भारत र चीनबीच बढ्दो तनावको डर बढ्दै गएको छ । अर्कोतर्फ, रूस र टर्की पनि आर्मेनिया र अजरबैजानको युद्धमा संलग्न हुन सक्छन् । टर्कीले अजरबैजानसँग समर्थन गर्ने घोषणा गरेको छ भने रुसले कुनै पनि समयमा आर्मेनियाको समर्थनमा आक्रमण गर्न सक्ने सम्भावना देखिएको छ । आर्मेनिया र अजरबैजानको बीचको नागरोनो–काराबाखको हिमाली क्षेत्रलाई गत आइतवारदेखि युद्ध भइरहेको छ ।

आर्मेनियाको मिसाइल हमलामा अजरबैजानका ट्यांकहरू ध्वस्त भएका छन् भने अजरबैजानले पनि प्रतिकारमा ठूलो क्षति भएको दाबी गरेको छ । यो मात्र होईन, अजरबैजानले आर्मेनिया बिरूद्ध ड्रोन युद्ध छेडेकोे छ । अजरबैजान ड्रोन मार्फत आर्मेनियाको ट्यापक्कहरू ध्वस्त पार्न खोजेको छ । अजरबैजानले यो आक्रमणको लागि टर्कीबाट खरिद गरिएका ड्रोनहरू प्रयोग गरिरहेको बताइएको छ । अजरबैजानले टर्कीबाट उचाईमा उडान द्वारा लामो दूरीको आक्रमण गर्न सक्षम बायरक्तर टीबी २ ड्रोन किनेको र त्यहि मध्यमबाट युद्ध गरिरहेको छ । जे भए पनि दुई देशहरूबीचको युद्धमा ड्रोन मात्र नभई क्यानन, ट्यापक्क, रकेट र लडाकू जेट पनि प्रयोग भइरहेको छ ।

अर्मेनिया र अजरबैजानको यो युद्ध बिस्तारै ठूलो युद्धमा परिवर्तन हुने संभावित संभावनालाई नकार्न सकिदैन । दुबै मुलुकको समर्थनमा विश्वका विभिन्न देशहरु उभिएका छन जसको कारण यो युद्ध विश्व युद्धमा परिणत हुने सक्ने खतरा उत्पन्न भएको छ । यदि थर्ड विश्व युद्ध निम्तियो भने परिणाम कस्तो होला हामी सहजै अनुमान लगाउन सक्छौ । अर्मेनिया र अजरबैजानको यो युद्ध लगायत माथी उल्लेखित विषय वस्तुहरुलाई अध्यन गर्ने हो भने थर्ड विश्व युद्ध निम्त्याउदै छन् । मेरो निजि सोच वा अनुमानमा कोभीड–१९ र भविष्यमा हुनसक्ने संभावित थर्ड विश्व युद्ध मानव समाजका लागि सुनियोजित रुपमा प्री प्लानिङ्ग भई सकेको छ ।-योगेन्द्र प्रताप शाही