नेपाली / English / हिन्दी

अष्ट्रेलियाद्वारा अफगानिस्तान र न्यूजीलैंड बिरूद्ध एकदिवसीय र टेस्ट म्याच स्थगित

मेलबोर्न । विश्वव्यापी कोरोना भाइरस महामारीको समयमा अन्तर्राष्ट्रिय खेलको तालिका बनाउने जटिलताको कारण देखाउदै २ सेप्टेम्बरबाट क्रिकेट अष्ट्रेलियाले अफगानिस्तानको बिरुद्ध हुने भनिएको एक मात्र टेस्ट र न्यूजीलैंड बिरूद्ध एकदिवसीय श्रृंखला स्थगित गरको छ ।जनवरी २०२१ मा टोलि आष्ट्रलिया आईपुग्ने कार्यक्रम रहेको थियो तर आष्ट्रलियाले दुबैलाई अर्को वर्ष (२०२१-२२) गर्मी मौसम सम्म स्थगित गरिएको छ । कोविड–१९ महामारीले अष्ट्रेलियाले यस बर्ष आयोजना गर्ने टी २० विश्वकप स्थगित गर्न पनि बाध्यतामा पारेको छ ।

कोविड–१९ महामारीको जोखिम कम भएपछि “क्रिकेट अष्ट्रेलियाले अफगानिस्तान क्रिकेट बोर्ड र न्यूजील्याण्ड क्रिकेटसँग खेल खेल्ने छ “सीए अन्तरिम सीईओ निक हकलेले बताएका छन् । “ इन्डियन प्रीमियर लिग १० नोभेम्बरमा समाप्त हुन्छ र धेरै अष्ट्रेलिया र अफगानी खेलाडीहरू संयुक्त अरब एमिरेट्समा चलिरहेको लिगमा खेल्दै छन् र अष्ट्रेलियामा आएपछि दुई हप्ताको अनिवार्य क्वारेन्टाईन पूरा गर्न पर्ने कठिनाईको सामना गर्नुपर्नेछ ।

सीएका अनुसार, “हामीले यस गर्मीमा शृखला सम्पन्न गर्न यथाशक्य कोशिश गर्यौं तर अन्तर्राष्ट्रिय यात्रा र क्वारेन्टाईनलाई ध्यानमा राख्दै सबै पक्षहरू पछिल्लो श्रृंखलाहरुको मिति सारेर आयोजित गर्न सहमत भए ।“ “तर विराट कोहलीको नेतृत्वमा भारतीय टीमको निर्धारित यात्रामा कुनै खतर नभएको हक्लेले प्रष्ट पार्दै “यस गर्मीमा पूर्ण पुरुष टुरमा भारतीय पुरुष टिमलाई स्वागत गर्न सीए तयार रहोको बताए । तीनै ढाँचामा रोचक खेल हुनेछ । भारतीय टीमले यस टुरमा चार टेस्ट मैच र तीन वनडे म्याच खेल्ने छ ।