नेपाली / English / हिन्दी

थपिए २ हजार २५३ कोरोना संक्रमित, १ हजार ३२९ जना डिस्चार्ज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको बताए । त्यस्तै पछिल्लो २४ घण्टामा आइतबार थप २ हजार २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको समेत बताए । शनिबार मात्रै दुई हजार १ सय २० जना संक्रमित थपिएका थिए ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १ हजार ३ सय २९ रहेको छ भने हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ । त्यसैगरि हालसम्म मुलुकभर सक्रिय संक्रमितको संख्या २२ हजार २ सय १९ रहेको छ । ४ हजार २ सय ३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयका प्रवक्ता गौतमले बताए । यस्तै देशैभरी २४ घण्टामा १२ हजार ७ सय ८४ पीसीआर परीक्षण भएको छ भने थप ७ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ ।