नेपाली / English / हिन्दी

लुम्बिनी प्रदेश, राजधानी देउखुरी दुई तिहाइले पास, दाङमा दीपावली मनाईदै

बुटवल । शुक्रबार सदनमा पेश गरेको प्रस्तावलाई आज प्रदेश सभाको दुई तिहाइ बहुमतले पारित गरेको छ । प्रदेश स्थापना भएको ३० महिना पछि प्रदेश नं. ५ ले नाम र स्थायी राजधानी दाङको देउखुरीमा पाएको छ । प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको देउखुरी तोकीएको छ । प्रदेशको राजधानी दाङको देउखुरी र नाम लुम्बिनी राख्ने गरी प्रदेश सरकारले राजधानीका लागि भएको मतदानमा कुल ८२ मत खसेको थियो ।

जसमा प्रस्तावको पक्षमा ६९ मत खस्दा त्यसको विपक्षमा जम्मा १३ मत मात्र खसेको थियो । नामका लागि भएको मतदानमा प्रस्तावको पक्षमा ७९ मत परेको थियो भने विपक्षमा ४ मत परेको थियो । हुन त विपक्षि दलले दाङ देउखुरीमा राजधानीको प्रस्तावको विरोधमा संसदमा हङ्गामा गरेर खुर्शि तोडफोड गरेको थियो तर पनि बहुमतको सामु विपक्षिले अन्तः हतियार राख्नुको विकल्प थिएन ।  उता दाङमा भने देउखुरीमा राजधानी हुने पक्का भएपछि जनताले खुशिमा द्वपि प्रज्वलित गर्दै दीपावली मनाएका छन् ।