नेपाली / English / हिन्दी

लाइन्सद्वारा ५३ शैयाको आइसोलेसन वार्ड निर्माण

काठमाडौं । काठमाडौं उपत्यकामा दिनहुँ कोरोना भाइरस सङ्क्रमित बढेसँगै आइसोलेसन वार्डको आवश्यकता बढ्दै गएको छ । यसैवीच संक्रमितको उपचारमा सहयोग पुगोस भनेर लायन्स सदस्यहरु आइसोलेसन सञ्चालनमा ल्याएका छन् ।  आइतबार एक कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय सहिद तथा शान्ति पार्क, जगडोल सामुदायिक वन भित्र रहेको भवन आइसोलेसन केन्द्रको रुपमा संचालनमा ल्याइएको हो । लाइन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए १ ले गोकर्णेश्वर नगरपालिकासँगको सहर्कायमा ५३ शैयाको आइसोलेसन वार्ड निर्माण सम्पन्न गरेसँगै सञ्चालनमा ल्याएको हो ।

आर्थिक अवस्था कमजोर भएका र कोठा भाडामा बसेका अरु प्रति लक्षित गर्दै आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको क्लवका पूर्व गभर्नर अन्नत प्रसाद भेटुवालले बताउँनु भयो । यस आइसोलेसन कक्षलाई आवश्यकता अनुशार ७७ शैयासम्म विस्तार गर्न सकिने भेटुवालले बताउनु भयो । कोरोना कहरका बिचमा पनि मानवीय सेवाको कार्यमा निरन्तर जुटिरहेको लायन्स क्लबले यो भवनमा बेड सहित उपचारमा आवश्यक पर्ने उपकरण सामग्री व्यवस्थापन गरेको छ ।

बस्ति भन्दा पर जंगलका बीचमा रहेको यो आइसोलेसन प्राकृतिक रुपमा पनि शान्त भएकाले संक्रमितलाई उच्च मनोबल बनाउँन सहयोग पुग्ने लाइन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए १ का गभर्नर टंक श्रेष्ठले बताउनु भयो ।

आइसोलेसनमा बसेका बिरामीहरुलाई दिनको चार पटकसम्मको खानको व्यवस्थापन गरिने छ । योसँगै लाइन्सले विराटनगरमा पनि आइसोलेसन वार्ड सञ्चालन गर्ने भएको छ । उपत्यकामा कोरोना संक्रमण तीव्र रूपमा फैलिएसंगै आइसोलनको अभाबमा कोरोनाका बिरामीहरु घरमै रहेको बेला यसले उपचारमा थप सहयोग पुग्ने विश्वास लिइएको छ ।