नेपाली / English / हिन्दी

देशभरमा संक्रमितको संख्या १ लाख ६७६ पुग्यो, पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै थप १ हजार ४ सय ९ जना संक्रमित

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा देशभरमा थप २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६७६ पुगेको बताएका छन् ।

हालसम्म पीसीआर विधिबाट ११ लाख ४५ हजार २३७ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ७०३ जना रहेका छन् । उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिइएको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १६ सय ८० जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७३ हजार २३ जना पुगेको छ ।  त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ ।