नेपाली / English / हिन्दी

भारतमा पुगेको श्रमिकलाई पनि तेस्रो मुलुकको श्रमिकसरह सेवासुविधामा समेट्नुपर्ने सरोकारवालाहरूको माग

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा भारतमा पुगेको श्रमिकलाई पनि तेस्रो मुलुकको श्रमिकसरह सेवासुविधामा समेट्नुपर्ने सरोकारवालाहरूले माग गरेका छन् । हाम्रो सम्मान परियोजनकोे सहकार्यका वैदेशिक रोजगार पत्रकार समाजले शुक्रवार आयोजना गरेको भारतमा रोजगारी गर्ने नेपाली श्रमिकहरूको अवस्थाका वारेमा गरेको छलफल कार्यक्रममा विज्ञहरुले भारतमा श्रम गर्न गएका नेपाली श्रमिकलाई अन्य देशमा गएका सहर समेट्नुपर्ने माग गरेका हुन ।

भारतमा श्रम गर्न जाने नेपालीको संख्या दशौ लाख भएता पनि कुनै पनि नेपाली सरकारी निकायसँग उनीहरूको तथ्याङ्क यकिन नभएको र हाल कोरोना महामारीका कारण विभिन्न निकायद्धारा भारतमा श्रम गर्ने श्रमिकको तथ्याङ्क सार्वजनिक गरेता तथ्याङ्क एकिन छैन । श्रमिकहरूको तथ्याङ्क यकिन नहुँदा उनीहरुलाई संवोधन गर्न समेत समस्या भइरहेको पनि सरोकारवालाहरुले भनाई छ । भारतमा श्रम गर्न गएका श्रमिकहरू हितसंरक्षण गर्ने कुनै निती नियम निर्माण नभएकाले विभिन्न समस्या भोग्न बाध्य भएको भन्दै सरोकारवालाहरुले तेस्रो मुलुकका श्रमिकहरुको हित रक्षालागि जस्तै कानुन बनाई सेवा सुविधामा समेट्नुपर्नेमा जोड दिएका छन् ।

लामो समयदेखि भारतीय आप्रवासन क्षेत्रमा काम गर्दै आएका प्रकाशचन्द्र मडाईले भारतमा रोजगारीको लागि करिब २ सय वर्ष अगाडिदेखि नै जाने गरेता पनि हालसम्म कुनै पनि सरकारी निकायले नसमेटेकोले धेरै श्रमिक समस्यामा परेको बताए बताए । तेस्रो मुलुकमा रोजगारी गर्न गएको करिब ३६ वर्षको इतिहास रहेकोमा सबैले ध्यान दिने तर भारतमा गएका श्रमिकलाई कुनै खालको सुविधामा ध्यान नदिएकोमा उनले दुख व्यक्त गरे । उनले भारतमा रोजगारी गर्न जाने नेपालीको संख्या करिब १० देखि १५ लाखको हाराहारीमा रहेको बताए । भारतमा गएका श्रमिकले तेस्रो मुलुकमा गएका श्रमिको तुलनामा निकै विभेदमो सामाना गरिरहेको र सरकारबाट कुनै पहल नुहँदा आगामी दिनमा स्थानिय स्तरमा सेवा सुविधा पाउनकै लागि ठूलो संख्यामा नेपाली नागरिक भारतीय परिचयपत्र वाहकहुन सक्ने उनले अनुमान लगाए ।

भारतमा श्रम गर्न जाने श्रमिकहरू निकै गरिब अवस्थामा रहेको र अशिक्षित तथा अदक्ष भएका कारण उनीहरू जोखिमपूर्णश्रम गर्ने तर शाषित भइरहने बाध्यता रहेको समेत उनले बताए । भारतमा श्रम गर्ने नागरिकलाई पनि वैदेशिकर रोजगार कल्याणकारी कोषमा समेट्नुपर्ने, म्यादी बीमाको सेवा प्रदान गर्नुपर्ने र आश्रित परिवारलाई राहतका कार्यक्रम ल्याउनु पर्ने उनको भनाइ छ ।आप्रवासन विज्ञ रामेश्वर नेपालले भारतमा नेपाली नागरिकको सबैभन्दा बढी पहिचान र संरक्षणको समस्या भएको टिप्पणी गरे । भारतमा जोखिम मोलेर काम गर्ने श्रमिकहरूको हकमा बोल्ने कुनै पनि निकाय नभएकाले श्रमिकले धेरै समस्या भोग्न बाध्य भएको भन्दै नेपालले कुनै पनि सरकारी निकायको कानुनले नसमेट्दा निकै विभेद रहेको दावी गरे ।

नेपाली श्रमिक होटल, रेष्टिुरेन्ट तथा निर्माण कार्यमा बढी मात्रामा जाने भएकाले यसलाई नियमन गर्ने निकायको आवश्यक रहेको उनको भनाई छ । त्यसैगरी कोभिडको समयमा पनि भारतमा रहेका नेपालीलाई स्वदेश फर्किन सरकारले विभेद गरेको उनको भनाई छ । भारतबाहेक तेस्रो मुलुकका श्रमिकलाई मात्रै अन्तराष्ट्रिय विमानस्थलबाट प्रवेश गर्ने घोषणा गरेको गुनासो गर्दै उनले भने, भारतबाट आउने श्रमिकले आफ्नै खर्चमा पनि स्वदेश आउन नपाउने घोषणा गरे । यसले गर्दा भारतबाट घरमा आउने अधिकार हनन गरेको छ । उनले भारतमा कामगर्ने श्रमिकको लागि कल्याणका लागि एउटा निकाय हुनुपर्नेमा मा जोड दिए ।