नेपाली / English / हिन्दी

उपत्यकामा मात्रै थप २,६७२ संक्रमित, देशभरमा ज्यान गुमाउने ६ सय १४ र कूल संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुग्यो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्त प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै २,६७२ जनामा कोरोना संक्रमण देखिएको, त्यस मध्य काठमाडौंमा २,१००, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ गरि देशभर ५००८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतम अनुसार पछिल्लो २४ घण्टामा १९ हजार ३२० जनाको पिसिआर परीक्षण गरिएको बताए ।

त्यस्तै हालसम्म नेपालमा ११ लाख ६४ हजार ५५७ जनाको पिसिआर परीक्षण गरिएको पनि डा. गौतमले जानकारी दिए । साथै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ५ हजार ६८४ जना पुगेको छ । आज ३० हजार ८१८ जना सक्रिय संक्रमित रहेका छन । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १,२२९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्यले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय १४ पुगेको छ ।