नेपाली / English / हिन्दी

संयुक्तराष्ट्र संघीयनिकायहरूको संयुक्त अनुमान संसारभर हरेक १६ सेकेन्डमा एक मृत शिशुको जन्म

कोभिड-१९ को कारणले स्वास्थ्य सेवामा भैरहेको अवरोधले गर्दा १२ महिनाको समयमा थप २ लाख मृत शिशुको जन्म हुनसक्छ

काठमाडौं / न्यूयोर्क / जेनेभार । विश्वबैंक समुह र संयुक्तराष्ट्रसंघीय आर्थिक तथा सामाजिक मामिला विभाग अन्तर्गतको जनसंख्या महाशाखाद्वारा पहिलो पटक सार्वजनिक गरिएको संयुक्त अनुमानका अनुसार हरेक वर्ष २० लाख अर्था त्प्रत्येक १६ सेकेन्डमा एउटा मृत शिशुको जन्म (स्टिलबर्थ) भैरहेको छ।

अनेग्लेक्टेड ट्रेजे डीः द ग्लोबल बर्डेन अफ स्टिलबर्थ्स नामक एउटा नयाँ प्रतिवेदनकाअनुसार कुल मृत शिशुको जन्म मध्ये ८४ प्रतिशत मृत्यु न्युन तथा मध्यम आय भएका देशहरूमा हुनेगरेका छन्। सन् २०१९ मा मृत जन्मिएका प्रत्येक ४शिशु मध्ये ३ जनाको जन्म अफ्रिकाको सहारा क्षेत्र वा दक्षिण एसियामा भएको थियो। गर्भ रहेको २८ हप्ता वा त्यस भन्दापछि जीवनको कुनै लक्षण न भएको शिशु जन्मिनुलाई मृत शिशुको जन्मभ निन्छ। अधिकांश मृत शिशुको जन्मको कारण गर्भ अवस्थामा र सुत्केरी हुने समयमा उचित स्याहारको अभाव हो।

गर्भ परीक्षण गर्ने तथा सुत्केरी सेवा, र नर्स तथा मिडवाइफ सेवामा कार्यरत स्वास्थ्य कर्मीको जनशक्ति बढाउनको लागि आवश्यक लगानीको अभावनै प्रमुख कारण भएको प्रतिवेदनले उल्लेख गरेको छ। सुत्केरी हुने बेला वा गर्भा वस्थामा शिशु गुमाउनु भनेको कुनै पनि परिवारको लागि एउटा भयानक शोक हो जुन शान्तरूपमा नै वित्छ, तर त्यस्तो शोकको घटना विश्वभरिनै बारम्बार घटिरहेका छन्  । युनिसेफका कार्यकारी निर्देशक हेनेरिएटाफोरले भन्नुभयो।

हरेक १६ सेकेन्डमा संसारको कुनै एक कुनामा एउटी आमाले मृत शिशु जन्मिए रहुने र व्यक्त गर्न नसकिने शोक भोग्न बाध्य हुनेछिन्। शिशुको जीवन गुमा उनुका अलावा निज महिला,परिवार तथा समाजको लागिनै मनोवैज्ञानिकर आर्थिक क्षति गम्भीर र दुरगामी हुन्छ।यी आमाहरू मध्ये धेरैजनाले यसरी शिशु गुमाउनु नपर्ने हो। अधिकांश मृत शिशुको जन्मलाई उच्च गुणस्तरीय अनुगमन, गर्भावस्थामा उचित स्याहार तथा सुत्केरी गराउने दक्ष स्वास्थकर्मी आदिको व्यवस्था गरेर रोक थाम गर्न सकिन्छ।

प्रतिवेदनले कोभिड-१९को कारणले गर्दा विश्वव्यापीरुपमै मृत शिशुको जन्मको अवस्था खराब हुन सक्ने चेतावनी दिएको छ। महामारीको कारण स्वास्थ सेवाहरू आधा क्षमतामा संचालन भैरहेकाले आगामी १२ महिनामा न्यून तथा मध्यम आम्दानी भएका ११७ वटा देशमा थप २ लाख मृत शिशु जन्मिन सक्छन् , जुन यस अघिको कुल मृत शिशुको जन्मको तुलनामा ११.१ प्रतिशतले बढी हो। जोन हप्किन्सब्लुमबर्ग स्कुल अफ पब्लिक हेल्थका अनुसन्धानकर्ताहरू लेप्रतिवेदनका लागि गरेको नमुना अध्ययनकाअ नुसार १३ वटा देशमात आगामी १२ महिनामामृत शिशुको जन्मको संख्यामा २० प्रतिशत वा सो भन्दा बढीले वृद्वि हुनसक्छ।

४० प्रतिशत भन्दा धेरै मृत शिशुको जन्म सुत्केरी हुनेक्रममा हुन्छन ।  तालिम प्राप्त स्वास्थ्यकर्मी तथा समयमै आपतकालीन सुत्केरी सेवाको व्यवस्था गरेमा यो क्षतिलाई रोकथाम गर्न सकिन्छ। सहारा क्षेत्र तथा दक्षिण एसियामा हुने कुल मृत शिशुको जन्महरू मध्ये आधा जसो सुत्केरी हुने समयमै हुन्छन् भने युरोप, उत्तरी अमेरिका अस्ट्रेलिया र न्युजिल्यान्डमा सो संख्या ६ प्रतिशत मात्रै रहेकोछ। महामारी र यसको कारणले स्वास्थ्य सेवामा गम्भीर अवरोधहरू आउनु अघि न्यून तथा मध्यम आय भएका देशका केहि महिलाहरूले मृत शिशुको जन्म रोक्नको लागि समयमै उच्च गुणस्तरीय स्याहार पाएका थिए।

प्रतिवेदनमा विश्लेषणगरिएका ११७ वटा देशहरू मध्ये आधा जसोमा मातृ स्वास्थ्यका हिसाबले महत्वपूर्ण हुने शल्यक्रिया, मलेरिया रोकथाम, गर्भवती अवस्थामा उच्च रक्तचापको व्यवस्थापन, यौनरोगको पहिचान तथाउ पचार लगाएतका सेवाहरूको उपलब्धता २ देखि ५० प्रतिशतको हाराहारीमा रहेको पाइयो। प्रसुति व्यथाको समयमा हुने मृत शिशुको जन्म न्यूनीकरण गर्नको लागिअत्यन्तै महत्वपूर्ण हुने प्राकृतिक तरीकाले शिशु जन्माउने कार्यमा सघाउने सेवाको उपलब्धता कुल गर्भवती महिलाहरू मध्ये आधा भन्दा कमसम्म मात्रै पुग्ने अनुमान गरिएको छ।

फलस्वरूप, बालमृत्युलाई रोकथाम गर्न तथा यसका कारणको उपचार गर्नको लागि स्वास्थ्य सेवामा सुधार गर्दै लगिएको भएतापनि मृत शिशुको जन्मदर घटाउने तर्फको प्रगति भने सुस्त रहेकोछ। सन् २००० देखि २०१९ सम्म आइपुग्दा मृत शिशुको जन्मको दरमा वार्षिक २.३ प्रतिशतले मात्रै कमी आइरहेको मा शिशु मृत्युदर र १ देखि ५ वर्ष भित्र हुने बालमृत्युदरमा भने क्रमश: २.९ र ४.३ प्रतिशतले कमि आएको थियो। यद्यपि, उपयुक्त नीति, कार्यक्रम निर्माण तथा आवश्यक लगानी गरियो भने प्रगतिसम्भव छ।

आफ्नो सन्तानलाई यो संसारमा स्वागत गर्नुत्ए उटा ठुलो हर्षको समय हुनु पर्ने हो, तर हरेक दिन हजारौं अभिभावकहरू भने मृत शिशु जन्मेको कारण असह्य पीडा भोग्न बाध्य छन्। विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयेससले भन्नु भयो। मृत शिशु जन्मेको शोकले अत्यावश्यक स्वास्थ्य सेवाहरू पुन: चुस्त बनाउनु कति महत्वपूर्णछ, र नर्स तथा मिडवाइफ जनशक्ति उत्पादन गर्नु कति संवेदनशीलछ भन्नेकुरा दर्शाएको छ। प्रतिवेदनले मृत शिशुको जन्मग रीबको लागि मात्रै चुनौती होइन भन्नेकुरा पनि उल्लेखगरेकोछ।

२०१९ मा उच्च आय भएका ३९ वटा देशमा नवजात शिशुको मृत्युदर भन्दा मृत शिशुको जन्मदर बढी थियो भने १५ वटा त्यस्तै देशहरूमा शिशु मृत्युदर भन्दा मृत शिशुको जन्मदर बढीरहेको थियो। उच्च आयभएका देशहरूमा असमानताको एउटा प्रमुख कारण आमाको शैक्षिक अवस्था हो। न्यून तथा मध्यम दुबै किसिमका आय भएका देशहरूमा हेर्दा मृत शिशुको जन्मको संख्या शहरी भन्दा ग्रामीण क्षेत्रमा बढी रहेको छ।सामाजिक आर्थिक अवस्था पनि मृत शिशुको जन्मसँग जोडिएको छ।

उदाहरणकोलागि, नेपालमामा थिल्लो जातिका महिलाहरूमा मध्ये अल्पसंख्यक जातिका महिलाहरूबाट हुने मृत शिशुको जन्मको संख्या ४० देखि ६० प्रतिशतले बढी थियो। खासगरि उच्च आय भएका देशहरूमा बसोबास गर्ने जातीय अल्पसंख्यकहरूले गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच प्राप्त नगर्न सक्छन्। उदाहरणको लागि क्यानाडाको इनुइट जातिमा मृत शिशुको जन्मदर बाँकी क्यानाडाको तुलनामा झन्डै ३ गुणाले बढीरहेको तथा संयुक्तराज्य अमेरिकामा बसोबास गर्ने अफ्रिकी अमेरिकी महिलाहरूमा त्यहाँका श्वेतमहिलाहरूको तुलनामा झन्डै दुई गुणा बढी मृत शिशुको जन्मदरकोजो खिम रहेको कुरा प्रतिवेदनमा उल्लेख गरिएकोछ।

कोभिड-१९को कारणले जीवन रक्षक स्वास्थ्य सेवाहरूमा अवरोध पुग्दा महिला, बालबालिका तथा किशोर र किशोरीमा खतरनाक स्वास्थ्य समस्या निम्त्याएको छ । विश्व बैंकका स्वास्थ्य, पोषण र जन संख्या सम्बन्धी विश्व निर्देशक तथा ग्लोबल फाइनान्सिंग फर वुमन, चिल्ड्रेन एण्ड एडोल सेन्ट्सका निर्देशक मुहम्मद अलि पेटले भन्नुभयो। गर्भवती महिलाहरूको लागि गर्भावस्था देखि बच्चालाई जन्म दिने समयसम्म राम्रो स्याहारको निरन्तर आवश्यकता हुन्छ। हामीले देशहरूलाई मृत शिशुको जन्मको रोकथाम गर्न तथा हरेक गर्भवती महिलाले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने सुनिश्चित गर्नको लागि स्वास्थ्य प्रणालीमा सुधार गर्न सहयोग गरिरहेका छौं।-युनिसेफ, विश्वस्वास्थ्यसंगठन (डब्लुएचओ)