नेपाली / English / हिन्दी

अमेरिकी राष्ट्रपतिको निर्वान २०२०, कस्ले गर्छ महाशक्तिको प्रतिनिधित्व : एलन लिचम्यानको भविष्यवाणी

वाशिंगटन । निर्वाचन कु पक्षे जित्ने र कुन पक्ष हार्ने हने भन्ने विषयमा भविष्यवाणी गर्ने लामो समयदेखि प्रचलन छ । भारत हो, अमेरिका वा विश्वका कुनै पनि अन्य देशहरू हुन । अमेरिकामा पनि राष्ट्रपतिको चुनावका लागी भविष्यवाणी अर्थात पुर्वानुमान गर्दै छन् । यो समयमा अमेरिकी राष्ट्रपतिको निर्वाचन परिणामलाई लिएर थुप्रै भविष्यवाणीहरू भइरहेका पनि छन् । धेरै अमेरिकीहरू चुनाव परिणामहरूको भविष्यवाणी गर्न कोशिस गरिरहेका छन । तर सबैको आँखा भविष्यवाणी कर्ता एलन लिचम्यानमा छ ।

एलन लिचम्यान पेशागत हिसाबले प्रोफेसर भए पनि उनी दुर्लभ विज्ञहरू मध्ये गिनिन्छन् । उनले १९८४ देखि सबै अमेरिकी चुनावको सही पूर्वानुमान अर्थात भविष्यवाणी गरेका छन् । सबै जना अब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका प्रजातान्त्रिक प्रतिद्वन्द्वी, पूर्व उपराष्ट्रपति जो बिडेनको भविष्यवाणीमा ध्यान केन्द्रित गरिरहेका छन् ।

लिचम्यानले चुनावी भविष्यवाणीका लागि द किज टु द ह्वाइट हाउस १३ केजु नामक सिस्टम डेभलप प्रणाली विकास गरेको छन् । लिचम्यानले १३ वटा प्रश्न वा शीर्षकहरूको साथ यो मोडल तयार गरेको छन्, जुन उनले सही र गलतको आधारमा जवाफ दिन्छ र त्यसबाट हुने राष्ट्रपतिको भविष्यवाणी गर्छ । यस सिस्टमका अनुसार यदि धेरैजसो प्रश्नहरूको जवाफ सही आउछ भने वर्तमान राष्ट्रपति मात्र ह्वाइट हाउसमा प्रवेश गर्छन् । यदि धेरैजसो प्रश्नहरूको जवाफ गलत आउछ भने अन्य नयाँ अनुहारले विश्वको यस महाशक्तिलाई प्रतिनिधित्व गर्दछ ।

२०२० को विजेताको सम्बन्धमा लिचम्यानले भविष्यवाणी गरेका छन् । यस पटक वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसबाट आफ्नो सामान प्याक गर्नुपर्नेछ र व्हाइट हाउस छोड्नु पर्छ । लिचम्यानका अनुसार, यस वर्ष, द किज टु द ह्वाइट हाउसको लागि १३ केजु नामक सिस्टम मा १३ प्रश्न कोर उत्तर मा ६ जवाब सहि छन् भने ७ जवाब गलत छन् । १९९२ पछि यो पहिलो पटक हुनेछ जब तत्कालीन राष्ट्रपतिले आफ्नो कुर्सी छोड्नु पर्ने छ । १९९२ को चुनावमा बिल क्लिन्टन तत्कालीन राष्ट्रपति जर्ज एचडब्ल्यू बुशलाई हराउँदै राष्ट्रपति बनेका थिए ।
इसपालि ट्रम्पले चुनाव गुमाउनुको सबैभन्दा ठूलो कारण कोरोना भाइरसको राम्रोसँग व्यवस्थापन गर्नु नसक्नु हुने छ ।

चम्यानले अमेरिकी च्यानल सीएनएनलाई दिएको अन्तर्वार्तामा भनेका छन् । डोनाल्ड ट्रम्पको राम्रो स्थितिमा थियो तर अमेरिकामा महामारीको साथसाथै धेरै विषय वस्तुहरु परिवर्तन भए । यस बाहेक, सामाजिक र जातीय न्यायको मुद्दाहरुका साथै ट्रम्प र रिपब्लिकन पार्टीका वर्तमान सदस्यहरूका लागि यो विरलै समय हो जब अर्थव्यवस्था र सम्भव जीतको कुरा एक महिनामा नै उल्टो भयो । यी तीन कुराहरू हुन् जुन नोभेम्बर को चुनावमा उसको पतनको कारण हुनेछ ।

यद्यपि, मानिसहरूले २०२० को अमेरिकी चुनावलाई यस देशको इतिहासमा सब भन्दा अप्रत्याशित चुनाव भनेका छन् । सबैजनाले यस पटक लिचम्यानको भविष्यवाणीमा बाजी लगाइरहेका छैनन् । तर, पनि छिट्टै नै थाहा हुनेछ लिचम्यानको ३५ बर्ष पछि पनि सटिक भविष्यवाणीको यात्रा निरन्तर जारी छ कि छैन ।-रायटर्स