नेपाली / English / हिन्दी

२४ घण्टामा उपत्यकामा थप १४ सय १६ जना कोरोना संक्रमित

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा काठमाडौंमा ११ सय ४५, ललितपुरमा १६१ र भक्तपुरमा ११० जना गरी काठमाडौं उपत्यकामा थप १४ सय १६ जना कोरोना संक्रमित देखिएको जानकारी दिएको छ ।
२४ घण्टामा जम्मा १२ हजार ७२७ पीसीआर परीक्षण भएका छन् भने देशभर २ हजार ७१ जना कोरोना संक्रमित थपिएका छन् यो सँगै, कोरोना संक्रमितको संख्या एक लाख ७ हजार ७ सय ५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्यले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १५ सय ५२ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७५ हजार ८ सय ४ पुगेको छ ।