नेपाली / English / हिन्दी

मोबाइल फोनको स्क्रिन पनि सेनेटाईजर गरौं, सावधानि अपनाउदै सुरक्षित बनौं

काठमाडौं । कोरोना भाईरसको पडोसी राष्ट्र भारतमा दिनानुयदिन संक्रमण जसरी बढी रहेको छ त्यसरी नै संक्रमणबाट निको हुनेको संख्या पनि बढी रहेको विभिन्न भारतीय सञ्चार माध्यमको तथ्याङ्कबाट बुभ्mन सकिन्छ । कोरोना भाईरस मानव निर्मित भाईरस हो यसमा कुनै संका छैन । अहिले सम्म यसलाई निर्मुल पार्ने औषधी बाहीर आएको छैन । कुनै औषधि उपचारको उचित व्यवस्था नहुँदासम्म सावधान र सुरक्षि रहनु स्वास्थ्य विज्ञहरुले र राज्य पक्षले अनुरोध गरेअनुसार सुरक्षाका मापदण्डहरु अपनाउन जररी छ ।

दिन प्रति दिन कोरोना भाईरसको प्रभावको विषयमा वैज्ञनिकहरु न्या नया नया कुरा बाहीर ल्याउने क्रम मै छन् । हालै अष्ट्रेलियाका वैज्ञानिकहरूले गरेकोे अनुसन्धानमा कोरोना मात्र होइन फ्लू भाइरस पनि २८ दिनसम्म मोबाइलको स्क्रिनमा रहन सक्ने दावि गरेका छन् । । अष्ट्रेलियाका वैज्ञानिकहरूले यदि मोबाईल फोन अधिक प्रयोग गर्नु हुन्छ भने सतर्क रहन र फोनको स्क्रिनलाई बेला बेलामा सेनिटाइज गर्न अनुरोध समेत गरेको छ । वैज्ञानिकहरुका अनुसार कोरोना भाइरस फोनको स्क्रिनमा २८ दिनसम्म बाँच्न सक्छ । त्यस्तै फ्लूको भाईरस पनि १७ दिन सम्म फोनको स्क्रिनमा रहन सक्छ ।

अन्य भाइरसहरू भन्दा कोरोना एकदम शक्तिशाली र कुनै पनि सतहमा यो अन्य भाइरस भन्दा लामो जीवित रहन सक्नुका साथै कोरोना अँध्यारोमा लामो समय सम्म बाँच्दछ, तर तापक्रम बढ्यो भने यसको जीवन घट्छ । यो कुरा प्रमाणित भएको अष्ट्रेलियाली वैज्ञानिकहरूले बताएका छन् ।अष्ट्रेलियाली वैज्ञानिकहरूका अनुसार, कोरोनाको प्रभाव प्रथम प्रयोगको समयमा २० डिग्री सेल्सियसको तापक्रमको अन्धकार कोठामा देखिएको र यसको समय २८ दिनसम्म मोबाइल स्क्रीन र अन्य सतहहरूमा जीवित रहन सक्ने कोरोनाको प्रभाव प्रयोगमा देखिएको बताएका छन् ।

त्यस्तै दोस्रो प्रयोगमा, कोरोना भाईरसलाई ३० डिग्री सेल्सियसमा प्रयोग गरेर हेर्दा ३० डिग्री सेल्सियसमा सात दिन भाईरसको आयु घटेर २१ दिनसम्म जीवित रहन सक्षम भएको देखियो । नेपालमा मोबाईल फोनको प्रयोग बढ्दो छ । त्यसैले हामी सबैले सावधान र सर्तक रहन जरुरी छ । हामी आजभोलि सेनेटाईजर प्रयोग त गरी नै रहेका हुन्छौ । बअ देखि आफ्नो मोबाईलको स्क्रिनलाई पनि बेला बेला सेनेटाईजर गरेर सुरक्षा अपनाउन जरुरी छ ।