नेपाली / English / हिन्दी

भारतीय प्रधानमन्त्री मोदी र गृहमन्त्री अमित शाहको सम्पत्ति कति ?

नया दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालसालै आफ्नो सम्पत्ति र दायित्वहरूका बारे जानकारी दिएका छन् । गत वर्षसम्म उनीसँग २.४९ करोडको सम्पत्ति रहेको थियो । यो वर्ष ३० जुनसम्ममा बढेर २.८५ करोड पुगेको छ । बैंकको ब्यालेन्स र एफडीको कारण उसको सम्पत्ति एक वर्षमा ३६ लाख रूपैयाँ बढेको छ ।

७० वर्षीया प्रधानमन्त्रीलाई कुनै ऋण छैन । उनीसँग नगद ३१ हजार ४५० रहेको छ । बैंक खातामा ३.३८ लाख रूपैयाँ छन् । उनको खातामा १ मार्च २०१९ सम्म उनको बैंक खातामा ४,१४३ रुपैयाँ थियो । एसबीआईको गांधीनगर शाखामा रहेको उनको एफडीमा १ करोड ६० लाख २८ हजार ३९ रुपैयाँ रहेको छ । एक वर्ष अघि यो रकम एक करोड २७ लाख ८१ हजार ५५४ रुपैयाँ थियो । मोदीले राष्ट्रिय बचत प्रमाणपत्रमा ८ लाख ४३ हजार १२४ रुपैयाँ बचत गरेका छन् । आफ्नो जीवन बीमा को लागी, उनले एक लाख ५० हजार ९५७ रुपैयाँको प्रीमियम भुक्तान गरेका छन् । राष्ट्रिय बचत प्रमाणपत्रका लागि उनीसँग ७ लाख ६१ हजार ६४६ रुपये थियो । जीवन बीमा प्रीमियमको रूपमा १ लाख ९० हजार ३४७ भुक्तानी गरेको छ ।

प्रधानमन्त्रीको पैसाको खाता
हातमा नगद : ३१,४५० हजार
बचत खातामा : ३.३८ लाख
फिक्स्ड डिपोजिटको मूल्य : करीव १.६ करोड
कर मुक्त बन्ड : लगभग २० हजार रूपैयाँ
हुलाक कार्यालय एनएससी : करीव ८.४ लाख
एलआईसी : १.५० लाख

भरतीय प्रधानमन्त्री मोदीको सम्पत्ति बढेको छ । भारतीय स्टेट बैंकको गांधीनगर शाखामा उनको फिक्स्ड डिपोजिटको रकम जून २०२० मा बढेर १ करोड ६० लाख २८ हजार ३९ पुगेको छ, जुन अघिल्लो फाईलिंगमा १ करोड २७ लाख ८१ हजार ५७४ थियो । उनले यो जानकारी २०१९ को लोकसभा चुनावका लागि शपथ पत्रमा दिएका थिए ।

पछिल्लो रिपोर्टका अनुसार पीएम मोदीको घर जग्गामा कुनै खास परिवर्तन भएको छैन । उनको नाममा गान्धीनगरमा एउटा घर छ जसको मूल्य १.१ करोड छ । उक्त घर जग्गा मोदी र उनको परिवारको स्वामित्वमा छ । उनीसँग चारवटा सुनको औंठी छ । प्रधानमन्त्री मोदीसँग कार छैन ।

मोदीको तलब दुई लाख रूपैयाँ हो, जुन विश्वव्यापी तहको भन्दा कम छ । कोरोना भाइरसबाट प्रभावित अर्थतन्त्रलाई ध्यानमा राख्दै प्रधानमन्त्री मोदी, राष्ट्रपति, उपराष्ट्रपति, क्याबिनेट सदस्यहरू र सांसदहरूले आफ्नो तलब ३० प्रतिशत घटाएको छ । यो अप्रिल महिना देखि शुरू भएको हो । प्रधानमन्त्री मोदीको सम्पत्तिमा भएको वृद्धि उनको तलब, बचत र एफडी ब्याजबाट आएको हो ।

गृहमन्त्री अमित शाहको सम्पत्ति
गत वर्षको तुलनामा गृहमन्त्री अमित शाहको सम्पत्तिमा भने कमी आएको छ । प्रधानमन्त्री कार्यालयमा पेश गरिएको पछिल्लो सम्पत्ति घोषणाले खुलासा गरेको छ । जहाँ एकतर्फ पीएम मोदीको सम्पत्ति बढेको छ भने अर्कोतिर गृहमन्त्री अमित शाहको सम्पत्ति घटेको छ । शेयर बजारमा भएको उतार चढावका कारण यस वर्ष अमित शाहको सम्पति घटेको बताईएको छ ।

अमित शाहको सम्पत्ती को खाता
गृहमन्त्री अमित शाहको सम्पत्ति जो अघिल्लो वर्ष ३२.३ करोड थियो । जुन २०२० सम्ममा २८.६३ करोड रूपैयाँमा झरेको छ । गृहमन्त्रीले जारी गरेको सम्पत्ति विवरणका अनुसार अमित शाहको १० अचल सम्पत्तिहरु छन् जसको कुल मूल्य १३.५६ करोड रहेको छ ।

गृहमन्त्रीसँग १५,८१४ नगद र १ करोडको बैंक ब्यालेन्स छ । बीमा र पेन्सन नीति को कुल राशि १३.४७ लाख छ । २.७९ लाख रूपैयाँ स्थिर (फिक्स्ड डिपोजिट) जम्मामा छ भने उनीसँग लगभग ४४.४७ लाख रुपैयाँको गहनाहरु छन् ।

प्रधानमन्त्री बाहेक गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, विदेश मंत्री एस जयशंकर, अर्थमन्त्री निर्मला सीतारमणलगायत अधिकांश वरिष्ठ मन्त्रीहरूले आफ्नो सम्पत्तिको विवरण दिएका छन् । रामदास आठवले, बाबुल सुप्रियो लगायतका कनिष्ठ मन्त्रीहरूले भने विवरणहरू सार्वजनिक गरेका छैनन् ।श्रोत : भास्कर समाचार