नेपाली / English / हिन्दी

समग्र बालअधिकार अभियानलाई निरन्तरता दिनु जरुरी

काठमाडौँ । राष्ट्रिय मानवअधिकार समितिका पूर्व अध्यक्ष श्री अनुपराज शर्माको प्रमुख आतिथ्यमा चाइल्ड नेपालको १६औँ वाषिक साधारण सभा तथा सामाजिक परिक्षण एक कार्यक्रम बीच हालै सम्पन्न भयो । कार्यक्रममा आ.व. २०७६र७७ को वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका निर्देेशकले संस्थाबाट भएका राष्टिय र स्थानीय तहमा भएका सकारात्मक परिवर्तनहरु, चुनौतीहरु र भावी योजनाको प्रस्तुति गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथिले समग्र बालअधिकारको अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै चाइल्ड नेपालले यसको नेतृत्व गर्नुपर्ने बताउनु भयो ।

राष्ट्रिय योजना आयोगका माननीय सदस्य श्री मीन बहादुर शाहीले राष्ट्रिय योजनाको निर्माणमा नागरिक समाजको विशेष भूमिका रहने बताउनु भयो । साथै, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सह सचिव श्री बुद्ध बहादुर गुरुडले नेपाल सरकारसँगको समन्वयमा कार्यक्रमहरु सञ्चालनका लागि जोड दिनुभयो ।

कार्यक्रममा उपस्थित अधिकारकर्मीहरु तारक धिताल, कृष्णचन्द्र आचार्य, सुदर्शन सिग्देल, हिरा दाहाल लगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो । संस्थाका अध्यक्ष कृष्ण सुवेदीले आगामी दिनमा संस्थाले सबै तहका सरकारहरुसँगको सहकार्यमा कार्यक्रमहरु सञ्चालन गर्दै बालअधिकार अभियानलाई निरन्तरता दिने विषयमा जोड दिनुभयो ।