नेपाली / English / हिन्दी

सिन्धुपाल्चोकका पहिरो प्रभावित हरुको घाउमा मलम पट्टि लगाउदै लायन्स क्लब अफ काठमाडौ न्यू ग्रीनसिटी

काठमाडौ । लायन्स क्लब अफ काठमाडौ न्यू ग्रीनसिटी , कोटेश्वर ग्लोबल भिजन र लायन्स क्लब अफ भक्तपुर नमस्ते को बिशेष पहलमा सिन्धुपाल्चोकमा पहिरो प्रभावित भै स्थानान्तरण गरिएका ३७ परिवारलाइ राहत बितरण कार्यक्रम सम्पन्न भयो । सेवाको क्रममा  सिन्धुपाल्चोक खमारेका पहिरो प्रभावित ३७ घर परिवारलाइ राहत पानी फिल्टर, झुल र मास्क लगायतका सामान बितरण कार्य सम्पन्न गरियो ।

यस कार्यक्रमलाई कोअर्डिनेट गर्नु हुने लायन्स क्लब अफ Ktm New Green CT , कोटेश्वर ग्लोबल भिजन र भक्तपुर नमस्ते र यस कार्यक्रममा सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी हातहरु unionLife insurance , उज्यालो नेपाल बाल गृह लगायत सम्पुर्ण सहयोगी मनहरुमा बिशेश धन्यवाद भन्न चाहन्छु ।

उत्त कार्यक्रममा लायन्स क्लब अफ काठमाडौ न्यू ग्रीनसिटी का चार्टर प्रेसिडेन्ट तथा रिजन चियरपर्सन इन्द्र ब कार्की ज्यु न्यू ग्रीनसिटी कै सचीव संगीता शर्मा ज्यु बलेफी गाउँपालिका वार्ड न १ का वार्ड अध्यक्ष मधु थापा ज्यु कलाकार चेतन सापकोटा मेगा खबर का राजकुमार सर लागायत का ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो यसै वार्ड का वार्ड सदस्य को आग्रह अनुसार हामिले सो ठाउमा राहत संकलन गरि आज बितरण कार्य सम्पन्न भएको छ । घरी घरी सिन्धुपाल्चोक जिल्ला माथी नै यस्ता दैबिक प्रकोपका घटनाहरु भैरहेको पाइन्छ । दिनभरी यताउता गरि दिन कटाएका सिन्धुबाशिहरु पहिरो को डरले कहिले पनि रातमा निदाउन नसकेको कुरा कुराकानिको क्रम मा स्थानिय श्याम कृष्ण खड्काज्यु ले बताउनु भयो ।