नेपाली / English

आँसु थेरापी : आँसु थेरपीले दुखाइ र तनाव कम गर्दछ, बुझौं आँसु बग्न दिनु जिवनमा किन महत्त्वपूर्ण छ

जापानमा, हिडेफुमी योशिदा नामको व्यक्तिले रुलाए र तनाव कम गर्ने गर्दछन् । जसलाई आँसु थेरपी भनिन्छ । मानिसहरूले उनिलाई आँसु थेरापी स्तरीय शिक्षक भन्छन् । टियर शिक्षकको अर्थ हो जसले रुने वा रुलाउने कला सिकाउँछ । योशिदाले विगत ८ बर्षदेखि मानिसहरुलाई रुलाउँदै र ताजा बनाउँदै आई रहेका छन् । उनले अहिलेसम्म ५०,००० मानिसहरूलाई रुलाई सकेका छन् ।

मानिसहरूलाई रुलाउनु त्यति सजिलो भने हुदैन, योशिदा भन्छन् । म मानिसहरूलाई चलचित्र, बच्चाहरूको किताब, चिट्ठी र फोटोहरू देखाएर रुलाउछु र उनीहरूलाई ताजा, हल्का महसुस गराउँछु । मेरो कक्षामा केहि मानिसहरु छन् जो प्राकृतिक दृश्य देखेर रोइरहेका हुन्छन् । रोइरहेको कलालाई जापानी भाषामा ’रुई कात्सु’ भनिन्छ ।

योशिदाका अनुसार किन मानिसहरूलाई रुनु आवश्यक प¥यो भन्ने विषयमा जापानी जनता सजिलैसँग रुन त सक्दछन् तर उनीहरूलाई बाल्यकालदेखि नै आँसुलाई नियन्त्रण गर्न सिकाईन्छ र हामी त्यो सोच संग बढ्छौं । पीडा, तनाव भित्र भरिएका हुन्छन् र जसले गर्दा व्यक्ति निसासिन्छ र बिरामी पर्छ ।

योशिदा भन्छन्, उत्तम उपचार भनेको यही हो तपाईको आँखा पूर्ण रूपमा भिजेको हुन्छ । तपाईं दिमागबाट रुनुहुन्छ र आँसुहरू स्वचालित रूपमा बाहिर आउँदछन् । हामी जति धेरै रुन्छौं, ताजा र हल्का महसुस गर्दछौं । हिडेफुमी योशिदा, टियर टीचर भनेर चिनिन्छ, जापानमा ५०,००० मानिसहरुलाई रुलाई सकेका छन् । योशिदा भन्छन् जब कुनै व्यक्ति मनबाट रुन्छन्, ऊ आफुलाई तरोताजा, हल्का र स्फूर्ति भएको पाउँछ ।