नेपाली / English / हिन्दी

लायन्स क्लब अन्र्तराष्ट्रिय ३२५ ए २ द्वारा लायन्स कम्यूनिटि क्लोथ बैंक को स्थापना

काठमाडौं । लक्ष्मी पुजाको सुभ दिनमा लायन्स क्लब अन्र्तराष्ट्रिय ३२५ ए २ को विभिन्न लायन्स क्लब र सामुदायक सेवा केन्द्र र सामुदायक प्रहरी सेवा केन्द्रको संयुक्त प्रयाशमा लायन्स कम्यूनिटि क्लोथ बैंक को स्थापना लायन्स स्वास्थ्य तथा जना चेतना विकास केन्द्र को प्रागंनमा गरियको छ।
हरेक सनिबार बिहान ७ देखी ८ बजे सम्म निशुल्क नया तथा सफा लत्ता कपडा वितरण गरिने जानकारी सो कार्यक्रमका कल्पनाकार लायन्स क्लब का पी डी जी लायन बिजु बज्राचार्यले जानकारी गराउनु भयो।
आज मात्र करिब २५० वटा लुगा वितरण गरियो। सो ठाउमा फलफुल बजार, तरकारी बजारमा ज्याला मजदुरी गर्ने धरै व्यक्तिहरु सोबाट लाभान्वित भयको छ. हरेक शनिबारको दिन आफैले रोजेर कपडा लिन सकिने छ! साथै दिन चाहनेले पनि दिन सक्नुहुने छ।
Lions Club of Kathmandu Pioneer, Natural, Safeway, Tokyo, Roshni, Rays, High Vision, Regency, Meditation, Everest Town ले लत्ता कपडा दिएर सहयोग गर्नु भयको थियो।
लायन्स स्वास्थ्य तथा जना चेतना विकास केन्द्रले हरेक सुक्रबार निशुल्क आँखा जाच गर्दै आयको छ साथै स्वास्थ्य सम्बधि जनचेतना मुलक कार्यक्रम निरन्तर रुपमा गर्दै आयको छ।-लायन भरत प्रसाई