नेपाली / English / हिन्दी

संघीयता खारेजको माग सहित राष्ट्रिय जनमोर्चाद्वारा काठमाडौंमा विरोध प्रदर्शन

काठमाडौ । संघीयता खारेज गर्नुपर्ने लगायतका माग राख्दै राष्ट्रिय जनमोर्चाले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । मुलुक संघीयतामा गएकै कारण देश आर्थिक रुपमा कमजोर हुदै गएको भन्दै जनमोर्चाले एकात्मक मुलुकको मागका साथ आइतबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले संघीयता चाहिँदैन देश टुक्रयाउन पाइदैन भन्दै नारा लगाएका थिए ।

त्यस्तै उनीहरुले कोराना नियन्त्रण र रोकथाम तथा उपचारका लागि प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन् । कोरोनाको रोकथामका लागि सरकारले प्रभावकारी कदम नचालेकै कारण संक्रमितको संख्या बढेको उनीहरुको आरोप छ ।