नेपाली / English / हिन्दी

पूर्व फ्रान्सेली राष्ट्रपति भलेरी गिसकार्डको कोरोना संक्रमणको कारण मृत्यु, नक्कली खोपबाट सावधान रहन १९४ देशहरुलाई इन्टरपोलद्वारा चेतावनी

वाशिंगटन । पूर्व फ्रान्सेली राष्ट्रपति भलेरी गिसकार्ड डायस्टेलनको करोना संक्रमणको कारण मृत्यृ भएको छ । उनि ९४ वर्षका थिए । इन्टरपोलले सबै देशहरूलाई चेतावनी जारी गर्दै नक्कली खोपहरूबारे सतर्क रहन सल्लाह दिइएको छ । पूर्व फ्रान्सेली राष्ट्रपति भलेरी गिसकार्ड डायस्टेलन को कोरोनाभाइरस संक्रमित भए पछि मृत्यु भएको छ । ९४ बर्षे भ्यालेरी यूरोपियन देशहरुलाई एकजुट गर्नका लागि परिचित थिए । उनि १९७४ देखि १९८१ सम्म प्रान्सका राष्ट्रपति थिए ।

केही दिन अघि उनिलाई सास फेर्न समस्या भएपछि अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालबाट उनि निको भए पछि घर आएका थिए । बुधबार अचानक उनको स्वास्थ्यमा समस्या आएको थियो र उनले त्यसैदिन राती अन्तिम सास लिएको र भलेरी कोरोना संक्रमित भएको परिवारले जानकारी दिएको समाचार एजन्सिले जनाएको छ । विश्वमा www.worldometers.info/coronavirus को तथ्याङ्कका अनुसार कोरोना बिरामीहरुको संख्या ६.४८ करोड नाघेको छ । ४ करोड ४९ लाख भन्दा बढी मानिस निको भइसकेका छन् । हालसम्म १४ लाख ९८ हजार भन्दा बढी मानिसहरूले आफ्नो ज्यान गुमाइसकेका छन ।

अमेरिकामा २,९५७ मानिसहरु बुधवार मात्रै संक्रमणको कारण मृत्यृ वरण गरेका छन् । जोन हपकिन्स विश्वविद्यालयका अनुसार अप्रिल १५ पछि यो संक्रमणबाट मृत्युको सबैभन्दा ठूलो संख्या हो । अप्रिल १५ मा एक दिनमा कुल २ हजार ६०७ मानिसहरुले कोरोना संक्रमणका कारण ज्यान गुमाएका थिए ।

इन्टरपोल चेतावनी
इन्टरपोलले बुधवार राती एक ग्लोबल अलर्ट जारी गरेको छ । यसमा सबै देशहरूलाई भनिएको छ कोविद–१९ को समयमा केहि मानिस संगठित अपराधमा संलग्न भइरहेका छन् र उनीहरूले नक्कली कोरोना खोप आपूर्ति गर्न सक्छन् । पेरिसको हेडक्वार्टरबाट जारी विज्ञप्तिमा यस बारे १९४ देशहरुलाई अलर्ट जारी गरेको एजेन्सीले बताएको छ ।

कोरोनाबाट प्रभावित विश्वका शीर्ष १० देशहरूको अवस्था

देश संक्रमित मृत्यृको संख्या नीको भएको संख्या
अमेरिका १४,३१३,८७६ २७९,८६३ ८,४६२,३३६
भारत ९,५३३,४७१ १३८,६५७ ८,९७०,१०४
ब्राजील ६,४३६,६५० १७४,५३१ ५,६९८,३५३
रूस २,३४७,४०१ ४१,०५३ १,८३०,३४९
फ्रांस २,२४४,६३५ ५३,८१६ १६५,५६३
स्पेन १,६८२,५३३ ४५,७८४ उपलब्ध छैन
यूके १,६५९,२५६ ५९,६९९ उपलब्ध छैन
इटली १,६४१,६१० ५७,०४५ ८२३,३३५
अर्जेंटीना १,४४०,१०३ ३९,१५६ १,२६८,३५८
कोलंबिया १,३३४,०८९ ३७,११७ १,२२५,६३५

(संख्या www.worldometers.info/coronavirus का अनुसारमा)