नेपाली / English / हिन्दी

आष्ट्रेलिया विरुद्धको पहिलो टी–२० मा भारत ११ रनले विजय

कैनबरा, आष्ट्रेलिया । आष्ट्रेलियामा आज भएको टी–२० भारतले ११ रनले जितेको छ । टास हारेपछि पहिला ब्याटिङ्ग गर्न मैदानमा उत्रेको भारतले ७ विकेटको नोकसानमा २० ओभरमा १६१ रन बनाएको थियो । भारतका केएल राहुलले सवाधिक ५१ रन बनाएका थिए भने रविन्द्र जाडेजाले ४४, कप्तान विराट कोहलिले २३ र हार्दिक पाण्ड्याले १६ रन बनाएका थिए । आष्ट्रेलियाका बालर मेईसेस हनरिक्सले ३ मिचे स्टार्कले २, एडम जम्फा र मिचेल स्वेप्सनले एक एक विकेट लिएका थिए ।

१६२ को टारगेट लिएर मैदानमा उत्रेका आष्ट्रेलियाई खिलाडिले २० ओभरमा ७ विकेटको नुकसानमा १५० रन मात्र बनाउन सफल भए । आष्ट्रेलियाका लागि डार्सी शॉर्टले ३४, आरोन फ़िंच ३५ मोइसेस हेनरिक्सले ३० रन बनाएका थिए भने अन्य खिलाडि भारतको बालिङ्ग एट्याक सामु टिक्न सकेका थिएन । भारतका तर्फबाट युजवेंद्र चहलले ३ त्यस्तै थंगरसु नटराजन ३ विकेट र दिपक चहरले १ विकेट लिएका थिए । दोस्रो टी–२० आईतबार हुने छ ।