नेपाली / English / हिन्दी

भारतद्वारा अस्ट्रेलियालाई ३ टी–२० को दोस्रो खेलमा ७ विकेटले हराउदै सीरीजमा २–० ले कब्जा

सिड्नी, अष्ट्रेलिया । टीम इंडियाले ३ टी–२० सीरीजको दोस्रो खेलमा अष्ट्रेलियालाई सात विकेटले हराएको छ । यससँग टीम इंडियाले श्रृंखला २–० कब्जा गरेको छ । टी–२० मा टीम इंडियाको यो लगातार ९औं जीत हो । अष्ट्रेलियाको टोलीले दिएको दोस्रो ठूलो लक्ष्य पनि टीम इंडियाले सफलता पूर्वक पन्छ्याउदै विजय भएको छ ।

सिड्नी क्रिकेट मैदानमा खेलेको दोस्रो टी–२० मा अष्ट्रेलियाले टस गुमाएर पहिले ब्याटिङ्ग गर्दै १९५ रनको लक्ष्य टीम इंडियालाई दिइको थियो । जवाफमा, टीम इंडियाले १९.४ ओभरमा सात विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । टी–२० मा टीम इंडियाको रेकर्ड अष्ट्रेलियामा धेरै राम्रो छ । गत १२ बर्षदेखि अष्ट्रेलियामा कुनै द्विपक्षीय टी–२० सीरीज टीम इंडियाले गुमाएको छैन । टीम इंडियाले यो खेल जितेर टोलीले अष्ट्रेलियाको बिरूद्ध कुल चौथो श्रृंखला जितेको छ । यस अघि, भारतीय टीम फेब्रअरी २००८ मा अस्ट्रेलियासँग उसको घरमा टी–२० श्रृंखलामा पराजित भएको थियो । त्यसपछि १२ वर्षसम्म टीम इंडियाले अस्ट्रेलियासँग टी–२० को कुनै सीरीज हारेको छैन । श्रृंखलाको अन्तिम र तेस्रो खेल डिसेम्बर २ मा सिड्नी क्रिकेट मैदानमा हुनेछ ।