नेपाली / English

लायन्स अन्र्तराष्ट्रिय ३२५ ए २ अन्र्तगतरहेका ४२ वटा क्लबहरुकाचार्टर प्रसिडेण्टहरुको वृहत भेला सम्पन्न

काठमाडौं । क्लस्टर १ चीयरपर्सनका लायन शेरबहादुर परियारको पहलमामा लायन्स अन्र्तराष्ट्रिय ३२५ ए २ अन्र्तगतरहेका ४२ वटा क्लबहरुका संस्थापक अध्यक्षको वृहत भेला सम्पन्न भएको छ डिष्ट्रिक्ट गर्भनर लायन डा. शुशिला मल्लको अध्यक्षतामा सम्पन्न भएको चार्टर प्रसिडेण्टहरुको भेलामा मल्टिपल एरिया लिडर लायन शम्भु घिमिरे, पीएमसीसी लायन कयामुद्दिन,

आईपीडजी लायन शुदर्शधर प्रधानाङ्ग, फस्ट भीडिजी लायन केशव पाण्डे, सेकेण्ड भीडिजी लायन दिनेश प्रसाद श्रेष्ठ पीडिजिज्यूहरुका साथै लायन्सका विभिन्न पदाधिकारी लगायत लायन्स लिडरहरुकोे समउपस्थितिमा चार्टर प्रसिडेण्टज्यूहरुलाई मायाको चिनो प्रदान गरिएको छ ।

कार्यक्रमको उद्घोष लायन भरत प्रसाईले गर्नु भएको थियो भने लायन्स अन्र्तराष्ट्रिय ३२५ ए २ अन्र्तगतरहेका क्लबहरुको यसरी चार्टर प्रसिडेण्टहरुको संयुक्त रुपमा भेला संभवत यो पहिलो अवसर पनि हो ।