नेपाली / English / हिन्दी

अध्यक्ष भट्टराई र चीनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ यैचोबीच भेट

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग आज चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ यैचो लगायत उहाँको टोलीले भेट गरेको छ । अध्यक्ष भट्टराई निवास टोखामा भएको भेटमा उपमन्त्री गुओ यैचोले सन् २०१५ मा तिब्बत जाने क्रममा चेङ्दुमा भएको भेटको स्मरण गर्दै पुनः भेट्न पाउँदा खुशी व्यक्त गर्नुभयो ।

उपमन्त्री गुओ यैचोले आफूहरु २०२१ मा चीनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको एक सय वर्ष पुग्ने सन्दर्भमा नेपाल आएको बताउनुभयो । यो सन्दर्भमा चीनियाँ कम्युनिष्ट पार्टी र नेपालका प्रमुख पार्टीहरुबीच आपसी सम्बन्ध र नेपाल-चीन सम्बन्ध अझ राम्रो र सुमधुर बनाउन आफूहरु नेपाल आएको पनि उहाँले उल्लेख गर्नुभयो । हल्ला भएको जस्तो नेपालको आन्तरिक मामिलाको विषयमा बहस छलफल गर्न नेपाल नआएको पनि उहाँले स्पष्ट पार्नुभयो । भेटमा उहाँले अध्यक्ष भट्टराईसँग नेपाल-चीनको आर्थिक विषयबस्तुमा छलफल गर्दा आफूलाई राम्रो अनुभुति भएको पनि बताउनुभयो ।