नेपाली / English / हिन्दी

संयुक्त न भएर दलहरु छुट्टाछुट्टै विरोधका कार्यक्रमहरु गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सबै दलहरू विरोधमा उत्रिए पनि छुट्टाछुट्टैभन्दा संयुक्त कार्यक्रम बढी प्रभावकारी हुने पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले निष्कर्ष निकालेको छ । संयुक्त विरोधका लागि समन्वय गर्ने निर्णय गरेको पनि थियो तर यसअघि सहकार्यको प्रस्ताव गर्दा कांग्रेसले आफ्नो छुट्टै अस्तित्व रहेकाले एकल विरोध गर्ने निर्णय गरेको थियो ।

अन्य दलहरुले संयुक्त विरोध गर्न नमानेपछि नेकपाको दाहाल–नेपाल पक्षले दोस्रो चरणको आन्दोलन घोषणा गरिसकेको छ  भने कांग्रेसले पनि आफ्नो छुट्टै कार्यक्रम घोषणा गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनको रक्षाका लागि पनि दृढतापूर्वक उत्रिनुपर्ने भन्दै नेता–कार्यकर्तालाई अपिल गरेका छन् ।