नेपाली / English

अमेरिकामा प्रत्येकमा छैठौं नागरिक भोको, प्रत्येकमा चौथो बच्चा भोकको सामना गर्न बाध्य

न्यूयोर्क । धेरै देशहरुको आर्थिक स्थिति र उनीहरुको नागरिक कोरोनाको कारण कमजोर भएको छ । अर्थव्यवस्थाको आकारको हिसाबले विश्वको सब भन्दा समृद्ध देश अमेरिका पनि यसबाट अछूत रहन सकेको छैन । महामारीको कारण, अमेरीकामा धेरै मानिसहरूले रोजगारी गुमाए छन् । जसको परिणाम अमेरिकामा भोकमरीको समस्या झन उत्पन्न भएको छ ।

अमेरिकाको सबैभन्दा ठूलो भोकमुक्ति संगठन फिडि अमेरिकाको एक रिपोर्टका अनुसार डिसेम्बरको अन्तमा ५ करोडभन्दा बढी मानिसहरूले खाद्यान्न असुरक्षाको सामना गरिरहेका थिए । अर्थात प्रत्येकको छैटौं व्यक्ति अमेरिकी भोकले संघर्ष गर्दै थिए । बच्चाहरूको सन्दर्भमा अवस्था झन् खराब छ । प्रत्येक चौथो अमेरिकी बच्चा भोकको सामना गर्न बाध्य छ ।

उक्त रिपोर्टले जूनदेखि अमेरिकामा खानेकुरा खानेहरूको संख्या एकदम छिटो बढिरहेको बताईएको छ । समग्रमा, मुलुकभर यस्तो खाँचोमा परेका मानिसहरूको संख्या पहिलेको तुलनामा दोब्बर भएको छ । साथै, बच्चाहरू लगायत यस्ता खाँचोमा परेका परिवारको संख्या तीन गुणा बढेको छ ।

फिडि अमेरिका नेटवर्कले एक महिनामा ५४.८ मिलियन फूड प्याकेट वितरण गरेको हुन्छ । यो महामारी शुरू हुनु भन्दा पहिले ५२ ले प्रतिशत बढी छ । जहाँ खानेकुरा वितरण गरिन्छ, त्यहाँ खानेकुरा लिनको लागि लामो लाइन लागेको हुन्छ । यस संस्थाले शहरमा क्रिसमस भन्दा पहिले हरेक वर्ष औसतन ५०० मान्छेको लागि खाना उपलब्ध गराउँथ्यो भने यस पटक संख्या बढेर ८,५०० सम्म पुगिसकेको छ ।

न्यू योर्कमा १.२० लाख मानिस छन् उनिहरुको सम्पत्ति मिलियन डलर (लगभग ३६ करोड रुपैयाँ) वा सो भन्दा बढि छ । यो संसारमा सब भन्दा माथि हो । यद्यपि यो शहर भोकको समस्याबाट बच्न सकेको छैन । न्यू योर्क फूड बैंकले महामारीको समयमा ७.७ मिलियन फूड प्याकेट वितरण गरेको छ । यो कुनै पनि बर्ष भन्दा ७० प्रतिशत बढी हो । काला समुदायको अवस्था झनै खराब छ ।

अमेरिकाका मानिसहरु एक अर्कालाई खाद्यान्न संकटसँग सामना गर्न मद्दत गरिरहेका छन् । सरकारी सहायतामा ढिलाइका कारण जनताले यो कदम चालेको हिो । धेरै स्थानहरूमा सामुदायिक फ्रिज स्थापना गरेका छन् । जोसँग खाना छैन उनीहरूले यी फ्रिजहरूबाट खाना लिन सक्छन् । एउटा फ्रिजको जिम्मेवारी दुई व्यक्तिलाई सुम्पिएको हुन्छ । यस बाहेक सामाजिक मिडिया समूहहरू मार्फत पनि भोकमरीलाई सहयोग पु¥याइएको छ ।