नेपाली / English / हिन्दी

कसैको झण्डा होइन देशको झण्डा बोक्न जरुरी छ : अनिल पाण्डे 

अन्र्तवार्ता : अनिल पाण्डे, अध्यक्ष मदर ल्याण्ड नेपाल
०यहाँ मदर ल्याण्ड नेपालको अध्यक्ष हुनु हुन्छ यो संस्थाले अहिले के कस्ता काम गरीरहेको छ ?
मदर ल्याण्ड नेपाल भन्ने संस्था हामीले सन् २००२ मा स्थापना गरेका हौं । हामी अमेरिककाको सन्फ्रान्सीसको वि एरियामा रहेका नेपालीहरुको सक्रियतामा यो संस्थाको स्थापना गरेका हौं । वि एसिया भनेको मुख्य सिटी र त्यसको नजिकका सिटीका साथीहरु समेत हुनुहुन्छ । कोरोना अघि ओक्ल्यानमा अफिस थियो, अहिले घरमै छ । खासगरी विदेशमा गएपछि नेपालीहरुले यस्ले ग¥यो उस्ले उस्तो ग¥या भन्ने अरुको बढि कमेन्ट गर्ने गरेको पाइन्छ । अरुको अनावश्यक आलोचना गर्नु भन्दा सकारात्मक सोचाई सहित आफै केही गरौ भन्ने सोचाईका साथ यो संस्था स्थापना गरेका हौं ।

संस्थाका उद्देश्यहरु के कस्ता छन् के कस्ता काम गर्दै आउनु भएको छ ?
संस्थाको म आफै संस्थापक अध्यक्ष छु । त्यसैले संस्था स्थापना भएपछि म आफूले बुझेकै क्षेत्रमा काम गर्ने सोचाई साथ कलाकारिता, पत्रकारिता र समाजसेवाको क्षेत्रमा काम गर्ने योजना बनायौं । किनकि म पहिला कलाकारिता, पत्रकारिता क्षेत्रमा सक्रिय थिए । पछि मलाई लाग्यो शिक्षा आफैमा एउटा शक्ति हो । क्षमता बृद्धीको आधार हो भन्ने सोचाईका साथ शिक्षा क्षेत्रमा जोड दियौं । शिक्षा पनि कस्लाई त भन्दा द्धन्द्धमा मारिएका पत्रकारका सन्तानलाई दिने भन्ने भयो । त्यसपछि द्धन्द्धमा मारिएका पत्रकारका सन्तानलाई शिक्षा दिन सहयोग ग¥यौं । द्धन्द्ध समाप्त भएपछि झापामा एउटा विद्यालय स्थापना गर्न पनि सहयोग ग¥यौं । वम लागेर घाईते भएका बालकालिकालाई सहयोग पनि गर्दै आएका छौं । यद्यपी हामीले कृष्ण सेनका बाल बच्चालाई यस्तो सहयोग गरेका छैनौं । कतिपयले किन नगरेको भनेर प्रश्न पनि गर्दछन् । उहाँको हत्या हुँदा संस्थानै जन्मिएको थिएन त्यसैले नजम्दै कसरी सहयोग गर्ने ।

कोषको व्यवस्थापन कसरी गर्नु हुन्छ, संस्थामा कति सदस्य आवद्ध हुनुहुन्छ ?
कोष त जतिबेला जे समस्या आउँछ, त्यसवेलै साथीभाईलाई भनेर जम्मा गर्ने गर्दछौं । सदस्यताको कुरा गर्दा हामीले संस्था भन्दा गुणात्मकमा ध्यान दिन्छौं । आजीवन सदस्य बनाउँछौं । त्यसमा धेरै नेपाली छौं केही विदेशी पनि हुनुहुन्छ । खासगरी स्कुल कलेजका विद्यार्थी यताउता अध्ययन भ्रमण गराउँदा यताउताको कुरा बुझ्छन भनेर अध्ययन भ्रमण गराउने सोचेका थियौं, कुरा पनि भएको थियो तर कोरोनाले गर्दा बिचमै रोकियो ।

नेपालमा काम गर्दा आफै गर्नु भएको छ कि कसैसँग समन्वय गरेर ?
हामीले ठुलो रकमको काम गर्ने होईन, कतैबाट अनुदान आउने पनि होइन, साथीलाई मिलेरै फन्ट कलेक्सन गर्ने हो । पहिला इरिकन मार्फन धेरैले काम ग¥यौं । पछि कपिल काफ्ले त्यहाँ छाडेपछि त्यति सम्पर्क भएन । पछि मदर ल्याण्ड नेपाल र नेपाल पत्रकार महासंघ बिच सहमति गरेर एउटा ट्रस्ट बनायौं त्यसमा हामीले दशलाख रुपैयाँ राखेका छौं त्यसबाट आउने ब्याज रकमबाट लैङ्गिक समानामा कलम चलाउने दुईजना पत्रकारलाई त्यसबाट रकम दिने गरेका छौं । अझ पनि सानातिना काम भईरहेका छन् ।

तपाई विश्वकै एउटा विकसित देश अमेरिकामा हुनुहुन्छ अमेरीकाबाट नेपालीले के सिक्नु पर्ला ?
नेपालमा भएका नेताहरु सबै जसो विदेश घुमेकै हुन्छन् देखेकै हुन्छन् । कर्मचारीमा पनि शाखा अधिकृत भन्दा माथिका धेरैले विदेश घुमेका देखेका छन् । तर त्यहाँ देखेको सिकेको कुरा नेपालमा आएपछि नेपाललाई सुहाउने किसिमले लागु गर्नु पर्ने त्यो भएको छैन । त्यो नगर्दा यहाँ हुनु पर्ने काम पनि भएको छैन । खै पदमा गएपछि विर्सने हुन कि काम नगर्ने हुन त्यो मैले बुझ्न सकिन । यहाँ नबुझेका नजानेका नभोगेका छैन, तर पदमा पुगेपछि काम गर्दैनन । थाई एयरलाईन्स र नेपाल एयरलाईन्ससँगै सुरु गरेका दुबै राजा भएका देश थाई एयर कहाँ पुग्यो रोयर नेपाल एयर लाइन्सको …..पुस्केट त्यसै थन्किएको छ । हालत के छ सबैलाई थाहा छ । दोष नेताको मात्र होइन तीनलाई कुर्चिमा पु¥याउने जनताको पनि हो । त्यसैले अब कसैको झण्डा होइन देशको झण्डा बोक्न जरुरी छ ।

विदेश बस्ने नेपालीको अवस्था कस्तो छ त ?
विदेश जाँदा साथ आकासबाट झर्ने त होइन विदेशमा पनि गाह्रो छ । फिल्ममा गितमा त राम्रै देखिन्छ, उताबाट आउनेले पनि यहाँ राम्रै खर्च गर्दछन् ओहो राम्रै कमाई हुने रहेछ भन्ने हुन्छ । तर त्यो वास्तविकता होइन त्यहाँ पनि योग्यता र दक्षता अनुरुप नै काम गर्ने हो, मित्रराष्ट्र भारतबाट आउनेले यहाँ खाली सीसी बोतल भन्ने, चनाचटपटे बेच्ने गर्दछन विदेशमा गएपछि त्यस्तै हो हाम्रो योग्यता जे छ त्यही पाउने हो, हाम्रो योग्यताले माथि नै पुग्ने भन्ने त्यस्तै हो । अमेरीका यु.एस.ए भनेको त म यु स्टाड अगेन भन्ने गर्दछ । नेपालमा यस्तो थिए भनेर हुन्न तल्लो स्तरबाट आफै काम गर्ने हो । फेरी अमेरीकामा जो पनि काम गरेर अगाडी बढ्ने चलन छ । त्यसैले काम गर्नु पर्दछ ।

अमेरीकामा नेपाली के कति छन् ?
सरकारी आँकडामा त एकलाख भन्दा कम छन् यो बढि डिभीमा आधारित छ । यस बाहेक विद्यार्थी, पर्यटन वा स्पेसल स्कीमको भिसा समेत गर्दा एकलाख जति होला ।

कलाकारिता पत्रकारिता के हुँदै छ ?
म टुरीजमको एम्वसडर भएर दुई वर्ष सनफ्रान्सीसमा २ वर्ष काम गरे । कलाकारीता छाडेको छैन, मैले नेपालमै शिव श्रेष्ठ, हरी वंश, गोपालराज मैनाली दाईहरुसँगै लाईन बसेर जीवन रेखाबाट सुरु गरेको हुँ । हिजो आजका कुरामा पनि ६÷७ वर्ष खेले । अहिले पनि २ महिनामा सोर्ट फिल्म बनाउँछौ । आफै पनि निखिल उप्रेतीसँग रुद्र भन्ने फिल्म बनाए । चि मुसी चि भन्ने फिल्म बनाए, पत्रकारीतामा पनि चलाईरहेकै छौं । यो सँगै समाजसेवा पनि गरीरहेका छौं ।

अमेरीका बसेर नेपालको पर्यटन विकास के गर्न सक्नु हुन्छ ?
त्यहाँ बसेर गर्न सकिन्छ, आफ्नै साथीभाईहरुलाई नेपाल घुमौं भन्ने त हो । तर यहाँ पर्यटन क्षेत्रका व्यक्तिमा किताबी ज्ञान भन्दा व्यवहारीक ज्ञान छैन नेताले पर्यटन चलाउछन् कसरी राम्रो हुन्छ, यो निजी क्षेत्रलाई दिनु पर्दछ रबिन्द्र शर्माको अति भिजन थियो उहाँ बित्नु भयो ।

अन्त्यमा ?
अहिले सबै अगाडी बढिरहनु भएको छ । महिलाहरु अघिबढि रहनु भएको छ । सबै नेपाली समुदायलाई अगाडी बढाइएको छ । तर जात धर्म पार्टी भन्दा राष्ट्रको झण्डा बोकौ भन्न चाहन्छु । यहाँ जनता जनता जुधाई तर मार्ने छन् तिनिहरुसँग होसियार बन्नु पर्दछ ।
काठमाडौं । नेपालीपत्र साप्ताहिकका सहकर्मी एवं स्तम्भकार बरिष्ठ पत्रकार चक्रपाणि नेपाल (चपाने) को यही पुस १७ गते निधन भएको छ । सुगर,प्रेसर र नशा सम्बन्धी रोगका कारण बिरामी पर्नु भएका नेपालको उपचारका क्रममा निधन भएको हो । २००१ सालमा संखुवासभामा जन्मनु भएका नेपाल चारदशक भन्दा बढि समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आउनु भएको थियो । नेपालीपत्रको सुरुवाती दिनदेखिनै नेपालीपत्रको टिममा रहेर काम गर्दै आउनु भएका नेपाल जिवनको अन्तिम समयसम्म पनि कृयाशिल पत्रकारको रुपमा सक्रिय हुनुहुन्थ्यो । नेपालीपत्रमा अग्रज पत्रकारको रुपमा सधै सल्लाह र सुझाव दिएर अगाडी बढाउन महत्वपुर्ण योगदान पु¥याउँदै आउनु भएका नेपालको निधनबाट नेपालीपत्रले एउटा अग्रज र कृयाशिल पत्रकार गुमाएको छ । नेपालीपत्र परिवार सहकर्मी वरिष्ठ पत्रकार चक्रपाणि नेपालप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै सोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।