नेपाली / English

भारतमा कोरोना भाइरस बिरुद्ध खोप लगाउने कार्य शुरु, पहिलो चरणमा तीन लाख स्वास्थ्यकर्मीहरूलाई खोप दिईने

नई दिल्ली । कोरोना भाइरस बिरुद्ध खोप आज शनिबार देखि भारमा शुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअलको माध्यमबाट खोप लगाउने कार्यको उद्घाटन गरेका छन् । पहिलो चरणमा तीन लाख स्वास्थ्यकर्मीहरूलाई २,९३४ साइटमा खोप दिइनेछ । यसमा प्रयोग गरिने दुई खोपहरूको प्रभावकारिता बारे केही शंकाहरु पनि गरिएका छन् । तर, यी शंकाहरूको जवाफ एआईएमएसका पूर्व निर्देशकहरू सहित ४५ विज्ञहरूको समूहले भारतमा बनाइएका खोपहरू पूर्ण रूपमा सुरक्षित रहेको बताएका छन् ।

कोभीशिल्डको सम्बन्धमा भारतबाट अधिक डाटाको आवश्यकता छ । यस पछि पनि, संसारभर ३ चरणको क्लिनिकल परीक्षणहरू भएका छन् र यसले सुरक्षा, प्रतिरक्षा र प्रभावकारिता देखाएको छ । यसको समग्रमा प्रभावकारिता ७०.४२ प्रतिशत रहेको छ । बेलायतमा यो खोपलाई पहिले अनुमोदन गरियो र त्यसपछि भारतीय औषधि नियामकले अनुमोदन गरेको हो । यसमा चिम्पान्जीहरूमा फेला पर्ने एडेनोभायरस भेक्टर प्रयोग गरेकोछ । यस कारणले गर्दा यसलाई चिम्पान्जी भेक्टर भ्याक्सिन पनि भनिन्छ ।

विज्ञहरूको रायमा ?
युनिसेफका पूर्व वरिष्ठ सल्लाहकार, सार्वजनिक स्वास्थ्य अकादमीका अध्यक्ष र बिरामी समूहका भारतीय गठबन्धन डा. संजीव कुमार भन्छन् सरकारले धेरै राम्रो योजना बनाएको छ । प्रणाली परीक्षण गर्न तीन ड्राई रनहरू पनि भइसकेका छन् । मलाई लाग्छ खोप भारतमा कोरोनाको फैलावट रोक्न मद्दत पु¥याउनेछ । डा. संजीव कुमार आईआईएचएमआरका निर्देशक पनि थिए । भारतले पोलियो र बिफर विरुद्ध पनि प्रभावकारी अभियान चलायो र ती दुबै रोगलाई रोक्न सफल भयो । हामी विश्वस्त छौं । हाम्रो प्रणाली कोरोना रोक्न पनि प्रभावकारी हुनेमा उनि विश्वास व्यक्त गर्छन् ।
त्यस्तै अर्का विज्ञ गुरुग्राममा फोर्टिस हार्ट संस्थानका अध्यक्ष डा. टीएस क्लेरले भने हामी खुसी छौं कि हामीसँग कोरोनासँग लड्न खोप छ । यसमा कुनै शंका छैन खोप हाम्रो सबैभन्दा ठूलो आशा हो । त्यसो भए पनि, खोप लगाईएका हरेक व्यक्तिलाई कडाईका साथ अनुगमन गर्न म सरकारसंग अनुरोध गर्न चहान्छु । ताकि यदि भविष्यमा कुनै पनि साइड इफेक्ट देखा प¥यो भने तत्काल उचित कदम चाल्न सकिन्छ ।