नेपाली / English

पाकिस्तानबाट स्वतन्त्रताका लागि सिन्ध प्रान्तका जनताद्वारा खुल्ला रूपमा विश्व नेताहरुबाट सहयोगको माग

ईस्लामाबाद । आधुनिक सिंधी राष्ट्रवादका संस्थापक जीएम सैयदको ११७ औं जयंतीमा आइतबार जामशोरो प्रान्तमा विशाल जुलुस निकालिएको थियो । यस समयमा मानिसहरूले स्वतन्त्रता समर्थक नारा लगाएका थिए । जुलुसमा नरेंद्र मोदी (प्रधानमन्त्री, भारत), जो बिडेन (राष्ट्रपति इलेक्ट, संयुक्त राज्य अमेरिका), एन्टोनियो गुटेरेस (संयुक्त राष्ट्र संघका अध्यक्ष), जेसिंडा अर्र्डन (प्रधानमन्त्री, न्यूजील्याण्ड), मोहम्मद बिन सलमान (क्राउन प्रिन्स, साउदी अरब), अशरफ घनी (राष्ट्रपति, अफगानिस्तान), एन्जेला मार्केल (जर्मन कुलपति) सहित विश्व नेताहरूका पोस्टरहरू पनि देखाइए । जुलुसमा आएका प्रदर्शनकारीहरूले सिन्ध राज्य सिन्धु घाटी सभ्यता र वैदिक धर्मको घर रहेको दाबी गरे । बेलायती साम्राज्यले सिन्धलाई जबरजस्ती कब्जा गरिएको थियो र सन् १९४७ मा पाकिस्तानको इस्लामिक हातमा हस्तान्तरण गरिएको थियो ।

जेई सिंध मुत्तहिदा महाजका अध्यक्ष शफी मुहम्मद बर्फफतले इतिहास र संस्कृतिमा भएका सबै बर्बर आक्रमणहरूको बाबजुद सिन्धले आफ्नो ऐतिहासिक र सांस्कृतिक पहिचान बहुलवादी, समकालीन, सहिष्णु र सुसंस्कृत समाजको रूपमा कायम राखेको बताउदै हामी यो मुद्दालाई अन्तर्राष्ट्रिय प्लेटफर्ममा पनि उठाउँदैछौं । पाकिस्तानले हामीलाई कब्जा गर्यो । उसले हाम्रो स्रोत खेर फालिरहेको छ साथै मानव अधिकार उल्लंघन पनि यहाँ भइरहेको बताए ।

सन् १९६७ देखि सिन्धलाई छुट्टै देश बनाउने मांग चलिरहेको छ । सिन्धुदेशको स्वतन्त्रताका लागि आन्दोलन तत्कालमा जीएम सैयद र पीर अली मोहम्मद रशीदको नेतृत्वमा सुरु भएको थियो । पछिल्ला केही दशकहरूमा धेरै संख्यामा राष्ट्रवादी नेता, कार्यकर्ता र विद्यार्थीहरूलाई पाकिस्तानको सुरक्षा एजेन्सीहरूले हत्या गर्ने यातना दिने कार्य गर्दै आएका छन् ।

समाचार एजेन्सीको उधारण दिदै भनेका छन् सिन्धले भारतको नाम राख्यो, उद्योग, दर्शन, समुद्री नेभिगेसन, गणित र खगोल विज्ञान क्षेत्रमा धनी सिन्धका नागरिकहरू आज फासिवादी आतंकवादीहरूको शासनमा छन् । बाध्य छन् सिन्धका जनता । सिन्धमा धेरै राष्ट्रवादी पार्टीहरू छन् जसले स्वतन्त्र सिन्ध राष्ट्रलाई समर्थन गरिरहेका छन् ।