नेपाली / English

धूम्रपान गर्ने र शाकाहारीहरूलाई कोरोनाको जोखिम कम, ओ रक्त समूह हुनेहरू चाँडै संक्रमित हुँदैनन्

नयाँ दिल्ली । वैज्ञानिक र औद्योगिक अनुसंधान परिषदले हालसालै गरेको एक सर्वेक्षणमा धूम्रपान गर्ने र शाकाहारी खाना खानेहरूमा कोरोना भाइरस संक्रमणको जोखिम कम रहेको दावी गरेको छ । वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषद, (सीएसआईआर) ले हालै गरेको सर्वेक्षणले यस्तो दावी गरेको हो । साथै वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषद (सीएसआईआर) को सर्वेक्षणले ओ रक्त समूह भएकाहरु कोरोना भाइरस संक्रमण कम हुने, जबकि बी र एबी रक्त समूहमा कोभिड सबैभन्दा बढी संक्रमित पाईएको बताएको छ ।

कोरोना बिरूद्ध एन्टिबडीहरूको उपस्थिति पत्ता लगाउन सर्वेक्षणमा त्यहाँ काम गर्ने परिवारका सदस्यहरूको नमूना लिइएको थियो । उक्त सर्वेक्षणमा कुल १०४२७ जनाले भाग लिएका थिए । १०४२७ जनामध्ये वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषद (सीएसआईआर) को जीनोमिक्स एण्ड इंटिग्रेटिभ बायोलजी (आईजीआईबी) का अनुसार १०५८ जनामा अर्थात १०.१४ प्रतिशतमा कोविड बिरूद्ध एन्टिबडी पाईको बताएको छ । छ महिना पछि तेस्रो पटक जाँच गर्दा, केही मानिसहरूमा एन्टिबडी लेवल घट्दै पाईएको तर एन्टिबडी लेरोन जसले कोरोनालाई बेअसर गर्दछ त्यो भन्दा उच्च पाइएको बताएको छ ।

उक्त अध्ययनका अनुसार धूम्रपान गर्नेहरूलाई समेत कोरोना संक्रमणको खतरा कम हुन्छ । कोविड–१९ भनेर चिनिने श्वासप्रश्वास सम्बन्धी रोग भए पनि धूम्रपान कोरोनाबाट सुरक्षित हुन सक्छ भन्ने प्रमाण भएको दावि गरेको छ ।-एजन्सि