नेपाली / English

अष्ट्रेलियालाइ हराउदै बॉर्डर-गावस्कर ट्रॉफीमा भारतको २–१ ले सिरिज कब्जा

ब्रिस्बेन, अष्ट्रेलिया । टीम इंडियाले मंगलबार ब्रिस्बेन टेस्ट जितेर क्रिकेटमा एक और इतिहास रचेको छ । अष्ट्रेलियाद्वारा दिईएको ३२८ रनको ठूलो लक्ष्यलाई पछ्याउँदै भारतले ओडीआई शैलीमा ब्याटिङ्ग गर्दै श्रृंखला २–१ ले जितेको छ । यस अघि भारतले २००३ मा एडिलेड टेस्टमा २३३ रनको सर्वाधिक लक्ष्य पनि पुरा गरेको थियो ।

ठीक एक महिना पहिले, १९ डिसेम्बरमा भारतले पहिलो टेस्टमा हारको सामना गर्नु परेको थियो । त्यो टेस्टमा भारतको पुरै टीम ३६ रनमा अलआउट हुदै तीन दिनमा हार व्यहोरेको थियो । आज, ठीक एक महिनापछि जनवरी १९ मा टीम इंन्डियाले सीरीज जितेको छ ।

अष्ट्रेलिया पहिलो पारीमा ३६९ रन
भारत पहिलो पारीमा : ३३६ रन (अष्ट्रेलियाको ३३ रको बढत)
अष्ट्रेलिया दोस्रो पारी : २९४ रन (भारतका लागि ३२८ रनको लक्ष्य)
भारत दोस्रो पारीमा : ३२९ रन ( भारतले ३ विकेटले जित्यो)

अन्तिम दिन भारतीय टोलीलाई १०० ओभरमा ३२४ रनको आवश्यक थियो । सुरुवात भने राम्रो थिएन । पहिलो विकेट १८ रनमा खस्यो, जब रोहित शर्मा ७ रनमा आउट भए । त्यस पछि शुमनले १४६ बलमा ९१ रनमा बनाएर आउट भएका थिए । त्यसपछि घाइते भए पनि पुजाराले २११ बलमा ५६ रन बनाए । उनि धेरै लामो समयसम्म क्रिजमा रहे । उनी अन्ततः अष्ट्रेलियाका तेज गेंदबाज पैट कमिन्सद्वारा आउट भए । ऋषभ पंत ८९ रन बनाउदै अन्त्यसम्म नाट आउट रहे । पंत म्यान अफ दि म्याच भए भने आष्ट्रेलियाका कमिन्स श्रृंखलाका चार खेलमा सवाधिक २१ विकेटको साथ म्याच अफ द सीरिजको खिताब हात पार्न सफल भए ।