नेपाली / English

म्यानमारमा फेरि प्रजातन्त्र समर्थकमाथि गोलीबारी

नेपिटाउ । म्यानमारमा सुरक्षा बलले प्रदर्शनकारीहरु माथि गोली प्रहार गर्ने हार्य गरेको छ । स्थानीय रिपोर्टका अनुसार गोलीबारीमा कम्तिमा ६ जानाको मृत्यु भएको छ । यसअघिको फेब्रअरी २८ मा पनि पुलिसले प्रजातन्त्रको पुनःस्थापनाको माग गर्दै गर्दा जनतामाथि गोली हानेको थियो । यसले १८ व्यक्तिको मृत्यु भएको थियो भने ३० भन्दा बढी व्यक्तिहरू घाइते भएका थिए । त्यो दिन भएको गोलीबारीमा एक महिला पनि मारिएकि थिईन ।

म्यानमारमा विद्रोह भएदेखि नै मानिसहरूले सैन्य शासनको बिरूद्ध प्रदर्शन गरिरहेका छन । हरेक पटक सुरक्षा बलद्वारा प्रदर्शनकारीहरु प्रति कडा रुप अपनाएको छ । सत्तामा रहेको सेनाले प्रजातन्त्र समर्थकहरूसँग कडाईका साथ प्रस्तुत हुने भनेको छ । देशको सर्वोच्च नेता आंग सान सू ची पक्राऊ गरिए देखि म्यानमारमा विरोध प्रदर्शन जारी भएको छ । नोभेम्बरको चुनावमा सूको पार्टीले ठूलो जीत हासिल गरेको थियो तर सेनाले यो नतिजामा धांधली भएको भन्दै स्वीकार्न अस्वीकार गरेको थियो ।

एक कार्यक्रममा संयुक्त राष्ट्र संघ (यूएन) मा म्यानमारका राजदूत क्यायो मो टुन भावुक हुदै युएनलाई म्यानमारको सैन्य शासनको बिरूद्ध कडा कारबाही गर्न अपील गर्दै प्रजातान्त्रिक प्रणालीलाई तत्काल पुनःस्थापना गर्न माग गरेका थिए । संयुक्त राष्ट्रमा सेनाको बिरूद्ध आवाज उठाएको भन्दै म्यानमारको सैन्य शासनद्वारा राजदूत क्यायो मो टुनलाई बर्खास्त गरिएको छ ।

यसको असर भारतको राजधानी दिल्लीमा पनि देखिएको छ । चिन शरणार्थी समितिका सदस्यहरूले बिहीबार दिल्लीको जंतर–मंतरमा विरोध प्रदर्शन गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हस्तक्षेप गर्न आग्रह समेत गर्दै चिन शरणार्थी समितिका सदस्यहरूले म्यानमारको सेनालाई सहयोग पु¥याउन चिनियाँ राष्ट्रपति शी जिनपिङ्गको बिरूद्ध नारेबाजी पनि गरेका छन् ।