नेपाली / English

जुन १८ देखि २२मा आईसीसी विश्व टेस्ट चैम्पियनशिप फाइनल साउथ्याम्प्टनमा खेलिने

काठमाडौ । भारत र न्युजिल्यान्डबीचको विश्व टेस्ट च्याम्पियनशिपको फाइनल साउथम्पटनको एजिस बाउल स्टेडियममा हुने भएकोछ । फाइनल जून १८ देखि जून २२ सम्म खेलिने छ । जुन २३ लाई रिजर्भे दिनको रूपमा तोकिएको छ । बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लाले यसको पुष्टि गरेका छन् । योे निर्णय कोरोनालाई ध्यानमा राखेर गरिएको शुक्लाले बताएका छन् ।

503आईसीसीले पहिलो पटक विश्व टेस्ट च्याम्पियनशिप टूर्नामेंट आयोजना गरिरहेको छ । भारतले ४ टेस्टको श्रृंखलामा इगल्यान्डलाई ३–१ ले हराउदै अंक प्रतिशतले ७२.२% प्राप्त गदै शिर्ष स्थान सहित फायनलमा पुगेको छ । न्युजील्यान्डले पहिले नै ७०% प्रतिशत अंक सहित फायनलमा प्रवेश गरिसकेको छ ।