नेपाली / English

नेकपा एमालेभित्र देखिएको विवाद समाधान गर्ने तर्फ नेताहरु अग्रसर

काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय धुम्बाराहीमा सोमबार अनपेक्षित रुपमा भएको दुवै पक्षको बैठकमा वार्ता निक्कै सकरात्मक बनेको स्रोतले जनाएको छ । स्रोतका अनुसार अदालतको निर्णयले एकता अमान्य भएर पुरानै पार्टीमा फर्कनु परेपछि आज एमालेका नेताहरुका पहिलोे बैठक भएकाले नेताहरुका मनमा लागेका कुरा खुलस्त रुपमा प्रस्तुत गरेका छन् ।

नेकपामा हुँदा पार्टी भित्र एकआपसमा देखिएको विवाद, एकले अर्को पक्षमा नेताहरुले दिएका अभिव्यक्तिका साथै अर्को पक्षबाट भएको व्यहारदेखी पछिल्लो पटक एमाले पुनःस्थापना हुँदाका विवादसम्म छलफलमा भएको र आजको बैठकबाट नेकपा एमालेभित्र देखिएको विवाद समाधान गर्ने तर्फ नेताहरु अग्रसर भएका स्रोतले दावी गरेको छ ।