नेपाली / English

मनाङलाई लिग जिताएका प्रशिक्षक धनगढी एफसीमा आवद्ध

धनगढी । मनाङ मस्र्याङ्दी क्लबलाई ए डिभिजन लिगको उपाधि जिताएका नाइजेरियाली प्रशिक्षक तोपे आयोजेजी फुजानेपाल सुपर लिग (एनएसएल) को टोली धनगढी एफसीसँग अनुबन्ध भएका छन । धनगढीले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै अर्को महिना सुरु हुने एनएसएलका लागि फुजालाई प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो ।

गो ड्रिमर्स प्रा.लि.को स्वामित्वमा रहेको धनगढी एफसीले प्रशिक्षकको रुपमा फुजालाई अनुबन्ध गर्न पाउँदा खुशी व्यक्त गरेको छ । उनकै अगुवाईमा मनाङमस्र्याङदी क्लबले २०७५ सालको सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको थिया । उक्त उपाधि जितेसँगै नेपालको शीर्ष श्रेणीको लिगमा मनाङले कीर्तिमान आठौं उपाधि उचालेको हो ।

सन् २००५ मा मलेसियाको सवाह एफसीमा सहायक प्रशिक्षकको रुपमा कोचिङ करिअर सुरु गरेका फुजाले नेपालको ए डिभिजन लिग डेब्यू मछिन्द्र क्लब (२००६) बाट गरेका थिए । त्यसपछि भारतमा व्यस्त रहेका उनले सिमला योङ, मुम्बई युनाइटेढ, पियरलेस, हिन्दुस्तान एफसी, टलिगन्ज अग्रगामी, मोहम्मडन स्पोटिङ र चेन्नाई एफसीको टिम सम्हालेका थिए ।

अनि उनी मनाङकोजिम्मेवारीमा नेपाल फर्किएका थिए । गत वर्ष २०७६ मा पनि मनाङमै रहेका थिए, जुन सिजन मनाङ लिगमा तेस्रो भएको थियो । गो ड्रिमर्स प्रा.लिका अध्यक्ष सुवाश शाहीले फुजाले नेपालसहित दक्षिण एसियाली फुटबलबारे फुजा राम्रो जानकार भएकाले आफूहरुलाई त्यसले मद्दत पुग्ने बताए ।

‘देशमै पहिलोपल्ट हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिताको धनगढी एफसीको प्रशिक्ष्ँकमा तोपे फुजालाई आबद्ध गर्न पाउँदा एकदमै खुशी छौ,’ उनले भने, ‘जीवन नै फुटबलमा बिताइरहेका उनले नेपालसहित दक्षिण एसियाली फुटबललाई नजिकबाट हेरिरहेका छन्, नेपाली खेलाडीहरूको स्तर र क्षमताबारे जानकार छन् । उनको अगामनले धनगढी एफसीेले नेपाल सुपर लिगमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास छ।’ नवनियुक्त प्रशिक्षकतेपे फुजाले धनगढीसँग अनुबन्ध हुन पाउँदा खुशी व्यक्त गरे। उनले आफूहरुको लक्ष्य उपाधि जित्नु रहेको सोही दिशामा अघि बढ्ने बताए ।

‘नेपाल सुपर लिगको पहिलो संस्करणमा नै महत्वपूर्ण जिम्मेवारी पाउँदा निक्कै खुशी र उत्साहित छ,’ उनले भने, ‘उत्कृष्ट मार्की प्लेयर र टिमको सम्पर्कमा रहेका बिदेशी खेलाडीहरूले गर्दा मलाई धनगढी एफसीमा सामेल हुने आग्रह स्वीकार्न समय लागेन। क्लबको व्यवस्थापन र टिम मालिकको लक्ष्य देखेर म निक्कै प्रभावित भएको छु। र, हाम्रो लक्ष्य उपाधि जित्ने नै हो।

प्रतियोगितामाएक ‘मार्की खेलाडी’ राख्न पाउने प्रावधानअनुसार धनगढीले यसअघि नै राष्ट्रिय टिमका मिडफिल्डर विशाल राईलाई अनुबन्ध गरिसकेको छ । उच्चस्तरका बिदेशी खेलाडी अनुबन्धको प्रक्रिया पनि अगाडि बढाएको धनगढीले जनाएको छ। बाँकी खेलाडीलाई शुक्रबार हुने अक्सनबाट लिने धनगढीले जनाएको छ । शाहीले धनगढी एफसीलाई सुदूरपश्चिम प्रदेशको प्रतिनिधिका रुपमा रहेकाले आफ्नो क्षेत्रमा फुटबल विकासको आधार पनि तय गर्ने कोसिस गर्ने बताए ।