नेपाली / English

अस्ट्रेलियाको न्यू साउथ वेल्समा ठूलो बाढी, १०० बर्षमा पहिलो पटक यस्तो विपत्ति भएको छ : प्रधानमन्त्री बेरेजिक्लियन

सिडनी । अस्ट्रेलियाको सब भन्दा बढी जनसंख्या भएको न्यू साउथ वेल्स राज्यमा अत्यन्तै ठुलो बाढी आएको छ । १०० बर्षमा पहिलो पटक यस्तो भयानक विपत्ति भएको अस्ट्रेलियाका प्रधानमन्त्री ग्लेडिस बेरेजिक्लियनले बताएका छन् ।

सिड्नीका धेरै क्षेत्रहरू खाली गर्न भनिएको छ । समाचार एजन्सिका अनुसार ७५० मानिसहरूको उद्धार गरिएको छ भने चार हजार मानिसहरुलाई शिविरमा लगिएको छ । सिड्नी शहरको लागि पानीको मुख्य स्रोत वरगाम्बा बाँध २०१६ पछि पहिलो पटक ओभरफ्लो भएको बताईएको छ । राज्यका १३ वटा क्षेत्रमा चेतावनी दिइएको छ । खतरालाई ध्यानमा राख्दै, मध्य उत्तर कोस्टका धेरै ठाउँहरूबाट मानिसहरू सुरक्षित ठाउँमा सर्दै छन् ।