नेपाली / English

एसिड पीडित खातुनलाई सम्मान गर्दै शुरु भयो बालबालिका सम्वन्धि कार्यशाला

काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली कुमारी महतोले एसिड आक्रमणकी अभियन्ता समेत रहेकी एसिड पिडित मुस्कान खातुनलाई सम्मान गरेकी छिन् । कन्र्सोटियमले आयोजना गरेको बालबालिका सम्वन्धी १० वर्षे रणनीतिक कार्ययोजनाका लागि सरोकारवालाहरुसँगको कार्यशाला गोष्ठि उद्घाटनको अवसरमा मन्त्रीले जुलीले खातुनलाई सम्मान गरेकी हुन् । कार्यक्रममा सम्वोधन गर्दै मन्त्री महतोले कार्यशाला गोष्ठीले बालबालिकाको अधिकार तथा समस्या समाधान गर्नका लागि १० वर्षे रणनीतिक योजनामा समेट्नु पर्ने महत्वपूर्ण विषयहरु आउने बताईन् ।

उनले सरकारले संविधानले बालबालिकाको अधिकार सुनिश्चित गरेको भन्दै प्रतिभावान् बालबालिकाहरुलाई राष्ट्रिय स्तरमा नै पुरस्कृत गरिने लागेको समेत बताईन । सोही कार्यक्रममा बोल्दै राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलन धरेलले बालबालिकाको अधिकार सुनिश्चितताका लागि १० वर्षे रणनीतिक योजनाको मस्यौदाका विषयमा राज्यबाट नै नागरिकहरुसँग सुझाव संकलन गर्नु पर्ने मा कन्र्सोटियम जस्ता संस्थाहरुबाट सुझाव संकलन थालनी गरिनु महत्वपूर्ण भएको बताए ।