नेपाली / English

२० प्रतिशत भन्दा बढि जनसंख्यालाई खोप लगाएको देशहरुमा घटनाहरुको क्रममा कमि

काठमाडौ । विश्वमा कोरोना संक्रमणको कहर के कस्तो थियो र कस्तो यसको प्रभाव छ शायद हामी सबैले अनुभव गरिनै रहेका छौ । नेपाल र नेपालीको विषयमा भन्नु पर्दा शायद कोरोना संक्रमणको प्रभावको अनुभव गरेका थियौं । किन कि वर्तमानमा हामी थियौंको स्थितिमा आफुलाई हेरी रहेका छौ ।

कोरोना संक्रमण अर्थात कोभिड–१९ को प्रकोपले विश्वलाई त्राहीमाम गरेको एक वर्ष अर्थात ह्याप्पी बर्थ डे या ह्याप्पी मन्थ चैत्र चलि रहेको छ । कोरोना महामारी र त्यसको प्रभाव बारे वर्तमानको अवस्थामा हेर्दा हामी नेपाली लकडाउनका ति समय महिना बिर्सि सकेका छौ ।
कोरोना महामारीकाका कारण आजसम्म विश्वमा २७,००२५६ जना मानिसहरुले आफ्नो ज्यान गुमाई सकेका छन् । विश्वमा कोरोनाको दोस्रो लहर चलिरहेको छ भने युरोपका धेरै देशहरू अहिले कोरोनाको तेस्रो चरणमा पार गर्दै छन् । समाचार एजन्सिका अनुसार ब्राजिलमा कोरोना संक्रमणको परिस्थिति अनियन्त्रित भइरहेको छ भने पडोसी भारतमा कोरोनाको दोस्रो चरणले यसको प्रभाव देखाउन सुरू गरिसकेको छ । जुन देशमा २० प्रतिशत वा सो भन्दा बढी जनसंख्यामा खोप लगाईएको छ ती देशहरूमा कोरोना संक्रमण हुनेको संख्यामा कमी वा स्थिर भएको खोप तथ्यांकले देखाएको छ ।

बेलायत यसको सबैभन्दा ठूलो उदाहरण हो । यस महिनाको सुरूमा बेलायत कोरोना संक्रमण हुनेहरुको विषयमा शीर्ष देशहरू मध्ये एक थियो जहाँ विश्वको सबैभन्दा बढी संक्रमण भेटिएका थिए । बेलायतले हालसम्म २५ प्रतिशत जनसंख्यालाई कम्तिमा प्रथम चरणको खोप दिईसकेको छ । त्यसैकारण बेलायतमा नयाँ केसको क्रम घटेको छ । यस अवस्थामा बेलायत अहिले विश्वको २४औं स्थानमा पुगेका छ ।
अर्कोतर्फ, विश्वका १३७ देश ÷ टापुहरूमा कोरोना विरूद्ध खोप दिने क्रम जारी रहेको छ । हालसम्म ४८.६ करोड खोप लगाई सकेको छ । अमेरिकाले अधिकतम संख्या १३ करोड खोप लगाएको छ भने त्यस पछि, भारतको नम्बर आउँछ ।

ब्राजिलमा २४ घण्टामा २,२४४ जनाले ज्यान गुमाएको छ । यससँगै ब्राजिलमा मर्नेको संख्या तीन लाख नाघेको छ । योसंगै विश्वमा कोरोना संक्रमण भएर मृत्यृ हुने संख्याको आधारमा ब्राजिल दोस्रो स्थानमा पुगेको छ । यसैबीच, साओ पाउलोका गभर्नर जाओ डोरियाले राष्ट्रपति जैयर बोल्सनोरोलाई कोरोनाको विषयमा सहि तरिकाले उचित कदम नचालेकोमा ’मानसिक रोगी’ भन्दै राष्ट्रपतिले सही ढंगले काम गरेको भए यति धैरै संख्यामा मानिसहरुको मृत्यु हुने थिएन भनेकाछन् ।

यस विषयमा पडोसी राष्ट्र भारतको कुरा गर्ने हो भने भारतमा कम्तिमा हालसम्म ४.६२ करोड मानिसहरूलाई पहिलो खोप लगाई सकेको छ । यो भारतको जनसंख्याको ३.४ प्रतिशत हो जसका हिसाबमा भारतमा दैनिक ६० हजारको हारा हारीमा दैनिक करोना खोप लगाउने गरिएकोछ ता पनि भारतका लगभग सात देखि आठ राज्यहरुमा पुनः लकडाउनको अवस्था झेल्नु परिरहेको छ । तर, हामी निर्धक्क छौ ? शायद श्री पशुपतीनाथले नै हामी नेपाली र नेपालको रक्षा गरुन् ।।