नेपाली / English

इगल्याण्डद्वारा भारत ६ विकेटले पराजित : शृखला बराबरीमा

पुणे, महाराष्ट्रा । इगल्याण्डले दोस्रो एकदिवसीय खेलमा टीम इंडियालाई ६ विकेटले हराएको छ । जोनी बेयरस्टो र बेन स्टोक्सको पावर हिटिको अगाडि भारतको ३३६ रनको स्कोर सामान्य देखिन्थ्यो । भारतीय टीमको सशक्त हारको पछि स्पिनरहरूको असफलतासहित टिमको ढिलो दृष्टिकोण, छैठौं बलिङ्गको विकल्प नहुनु महत्वपूर्ण कारक थियो ।

पहिलो वनडेजस्तै भारतीय टीम कुलदीप यादव र क्रुणाल पांड्याको साथ खेलमा उत्रेको थियो । तर दुबै नराम्ररी असफल भए । कुलदीपले १० ओभरमा ८४ रन दिए । क्रुणालले ६ ओभरमा ७२ रन दिए । दुबैले कुनै विकेट लिन सकेनन । दुबै स्पिनरहरूको असफलताले भारतीय टीमलाई ओझेलमा पा¥यो ।

भुवनेश्वर कुमारले इगल्याण्डको इनिंगको ३६ औं ओभरमा बेन स्टोक्सलाई आउट गरेका थिए भने प्रसिद्ध कृष्णले ३७ औं ओभरमा जोनी बेयरस्टो र जोस बटलरलाई पवेलियनको बाटो देखाएका थिए । त्यस बेला इगल्याण्डलाई ५० रनको आवश्यक थियो । यदि भुवनेश्वर र प्रसिद्धलाई बलिङ्गमा निरन्तर गरेको भए शायद एक दुई विकेट लिन सक्थे र इगल्याण्डलाई विजयी हुन मुश्किल हुन सक्थ्यो तर कप्तान विराटले दुवै बलरलाई हटाए र कुलदीप र कृणाललाई बलिङ्गमा ल्याए र भारतको आशा पनि समाप्त भयो ।

जोनी बेयरस्टोले ११२ बलमा १२४ रन बेन स्टोक्सले ५२ बलमा ९९ रन बनाए । साथै इगल्याण्डको टोलिले यो खेलमा १७ छक्का प्रहार गरे । विदेशी ब्याट्सम्यानको त्यस्तो हिट भारतीय पिचहरूमा विरलै देखिन्छ । जोनी बेयरस्टो र बेन स्टोक्सले इगल्याण्ड विश्व च्याम्पियन टीम किन हो भन्ने सिद्ध गरेर भारतलाई देखाई दिए ।
भारत र इगल्याडबीच सम्पन्न भएको ४ टेस्ट म्याचको शृखलामा भारतले ३–१ ले शृखला जितेको छ भने ५ टी–२० को शृखला पनि भारतले ४–१ ले जितेको छ । साथै ३ एक दिवसीय शृखलामा भारत र इगल्याण्ड १–१ जितका साथै बराबरीमा छन् । अन्तिम एकदिवसीय खेल भालि रविवारका दिन हुदै छ ।