नेपाली / English

भरतको पश्चिम बंगाल र असम राज्यमा विधानसभा निर्वाचन शुरु

पश्चिम बंगाल, भारत । पश्चिम बंगाल र असमको ७७ सीटमा आज मतदान बिहान ७ बजेबाट मतदान भइरहेको छ । बंगालको ३० र असमको ४७ सीट समावेश छ । निर्वाचन आयोगका अनुसार बिहान ११ बजेसम्म पहिलो ४ घण्टामा बंगालमा २४.६१ प्रतिशत र असममा २४.४८ प्रतिशत मतदान भई सकेको छ ।
बंगाल र असमको ७७ सीटका लागि कुल ४५५ उम्मेद्वार मैदानमा छन् । दुबै राज्यहरूमा १.५४ करोड मतदाताहरूले यी उम्मेदवारहरूको भाग्यको फैसला गर्नेछन् । भारतीय समाचर माध्यमका अनुसार गत केही दिनमा बंगालमा हिंसाका घटना भएपछि चुनाव आयोग पनि कडा रुप अपनाएको देखिन्छ । दुबै राज्यमा ठूलो संख्यामा पुलिस बल परिचालन गरिएको छ । केन्द्रीय पुलिस बलका ७३० कम्पनीहरू बंगालमा खटाइएको छ । एउटा कम्पनीमा १०० पुलिसकर्मी छन् ।