काठमाडौँ । काठमाडौँ महानगरको वडा ४ क्षेत्रबाट बैशाख १ गतेदेखि प्राङ्गारिक मल बन्ने र नबन्ने फोहोर छुट््याएर मात्र संकलन हुने भएको छ । यस अभियानमा स्थानीयको प्रतिवद्धताका लागि आज बिशाल मिलन केन्द्रमा एक कार्यक्रम आयोजना भयो । वडाले नेप्सेम्याक सेवा प्रा. लि. सँगको सहकार्यमा कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य नारायण सिलवालले, मेलम्चीको पानीको काठमाडौंँमा पानीको समस्या समाधान गर्ने बताउँदै घरघरमा फोहोर छुट््याउन थाले फोहोर समस्या पनि समाधान हुने बताउनुभयो । त्यस क्रममा वडाध्यक्ष मोहन विष्टले वडा ४ क्षेत्रमा सडक सफा रहेको बताउँदै घरबाटै फोहोर बर्गीकरण भए आफ्नो वडा महानगरकै नमूना बन्ने दावी गर्नुभयो । पूर्वाधारका योजनामा हाम्रो प्रगति सन्तोषजनक छ ।
बागमती सफाइ अभियानमा अहिलेसम्म २० हजार मेट्रिक टन फोहोर झिकेर व्यवस्थापन गरिएको प्रसङ्ग उल्लेख गर्दै अभियन्ता एवं पूर्व मुख्य सचिव लीलामणि पौडेलले भन्नुभयो, ‘घरबाट फोहोर छुृट््याउने विधि सुरु देखि नै पालना गरिएको भए कम लगानीमा नदी सफाइ र सहरको फोहोर व्यवस्थापन काम हुन सक्नेथियो । व्यक्तिगत प्रयासमा हुने काम नगरेपछि धेरै ठूलो आर्थिक स्रोत र शक्ति खर्च गरिरहनु परेको अवस्था छ ।’
महानगरको प्राथमिक काम नै सहर सफाइ गर्ने भएकोले फोहोर व्यवस्थापनसँग सम्बन्धित काममा महानगरले नै गर्ने वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठको भनाइ थियो । त्यस क्रममा बोल्दै नेप्सेम्याकका प्रबन्ध निर्देशक टीका दाहाल, फोहोरमैला व्यवस्थापन संघका अध्यक्ष धु्रव आचार्यलगायत बक्ताले, अहिले सहरको सफाइका लागि काम गरिरहेका संघसंस्थालाई सम्झौता गरेर जिम्मेवारी दिनेभए कुनै पनि दिन फोहोरको समस्या नहुने दावी गर्नुभयो । स्रोतमा फोहोर छुट््याउनु पर्ने कानुनी दायित्व पूरा नहुँदा तथा यो दायित्व पूरा नगर्नेमाथि कुनै पनि प्रकारको नियन्त्रण नियमन नहुँदा सहरी सफाइमा सम्भावना भएको परिणाम पनि नआएको उहाँहरुको तर्क थियो ।
बैशाखको १ गतेदेखि निश्चित टोल सुधार क्षेत्रबाट अभियान थाल्ने बताउँदै नेप्सेम्याकका प्रबन्धक मीत्र घिमिरेले अभियान थालिएका ठाउँमा फोहोर बर्गीकरण नभए संकलन नगरिने योजना सुनाउनुभयो । बैशाखदेखि सुरु गरिने अभियान असार मसान्तभित्र वडाका सबै क्षेत्र समेटिने घिमिरेको भनाइ छ । वडाबाट दैनिक करीब ७ मेट्रिक टन जैविक फोहोर उत्पादन हुने अनुमान गरिएको छ । वडाभित्र श्री प्रतिष्ठान तथा मिलीजुली टोलसुधार समिति, सारा, दीपज्योती मार्ग, महालक्ष्मी, आशिष मार्ग, पञ्चकुमारी, चुनदेवी, मिलीजुली चुनदेवी गैरी, टुसाल, सरस्वती टोलसुधार समितिसहित क्लव र उपभोक्ता समितिहरु छन् । वडाका अन्य टोलसुधार समितिहरुमा विशाल बस्ती, किराना मार्ग, अखण्ड मार्ग, लाइपाते र इच्छुमती सक्रिय छन् ।
जाल्पादेवी, शिवप्रिया मार्ग, तल्लो बालुवाटार र जनमार्ग उपभोक्ता समितिले वडामा काम गरिरहेका छन् । यसैगरी, धुम्रवराह, जागरण र पञ्चकन्या युवा क्लव सक्रिय छन् । बिशाल मिलन केन्द्र र महिला जागरण समिति पनि वडाका सक्रिय सामाजिक संघसंस्था हुन् । यिनै टोल सुधार समिति, उपभोक्ता समिति र युवा क्लवको सहयोगमा प्राङ््गारिक मल बनाउन सक्ने र नसक्ने फोहोर छुट््याउने अभियान थालिने भएको हो । छुट््याएको फोहोरलाई छुट्टै संकलन गरेर कुहिने फोहोरबाट मल बनाउने योजना छ ।
Add Comment