नेपाली / English

म्यानमारमा आर्म्ड फोर्सेज दिवसको अवसरमा विभिन्न शहरहरूमा झडप : ११४ जना प्रदर्शनकारीको मृत्यु

याङ्गोन । म्यानमारमा सैनिक कू बिरूद्ध भइरहेको हिंसात्मक प्रदर्शनका बीच सुरक्षा फौज र प्रदर्शनकारी बीच शनिबार ११४ जनाको मृत्यु भयो । यो एक बर्षमा सबै भन्दा ठूलो संख्यामा हुने मृत्यु हो । शनिबार, म्यानमारमा आर्म्ड फोर्सेज दिवस मनाइयो । आर्म्ड फोर्सेज दिवसमा सेनाले एक परेड लिन्छ र आफ्नो शक्ति प्रदर्शन गर्दछ ।

एक अनलाइन समाचार वेबसाइट म्यानमार नाउले दावी गरे अनुसार शनिबार हिंसात्मक प्रदर्शनमा मरेका मानिसहरूको संख्या ११४ पुगेको छ । यस अघि मार्च १४ मा ७४ देखि ९० जना मानिस मरेका थिए । याङ्गोनका एक स्वतन्त्र अनुसन्धानकर्ताका अनुसार यी प्रदर्शनहरू २० भन्दा बढी शहरहरूमा भएका थिए । म्यानमारभर सेनाको कू र दमनको विरोधमा प्रदर्शनहरू भइरहेका छन् । म्यानमारभर अहिलेसम्म करिब ४०० व्यक्तिको मृत्यु भइसकेको छ ।

फेब्रअरीको शुरुमा म्यानमारको सेनाले कु गरेर सत्ता लिएको थियो र नोबेल पुरस्कार विजेता र राज्य सल्लाहकार आंग सान सु की पक्राऊ परेकी थिइन । नोभेम्बर २०२० को चुनावमा आंग सान सु कीको पार्टीले ठूलो जीत हासिल गरेको थियो । सेनाले निर्वाचनमा धांधली गरेको आरोप लगाएको थियो । यद्यपि चुनाव पर्यवेक्षकले त्यस्तो कुनै पनि धांधलीलाई अस्वीकार गरेको थियो ।

यसै क्रममा हिंसात्मक प्रदर्शनमा म्यानमारको मन्डल्या शहरमा एक १६ वर्षको नाबालक बच्चाको सैनिकद्वारा हत्या पनि गरिएको छ भने केही व्यक्ति घाइते भएका छन् । यस अघि मंगलबारका दिन मन्डल्या शहरमा सेनाले बुबाको काखमा बसिरहेको ७ वर्षीया केटीलाई गोली हानी मारेको थियो । हिंसात्मक प्रदर्शनको क्रममा सेनाको गोलीबाट मारिएकी ७ वर्र्षको उमेरमा मारिने अहिलेसम्मको सबैभन्दा कान्छो उमेर हो ।