नेपाली / English

समर्थन फिर्ता गर्ने गरी बोलाइएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भने पटक पटक माओवादीलाई सरकारलाई दिएको समर्थन फिर्ता लिन सार्वजनिक रुपमै आव्हान समेत गरिरहेको अवस्थामा सरकारलाई दिएको समर्थन फिर्ता गर्ने गरी बोलाइएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । आइतबार विहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने तय भएको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारका विषयमा निर्णय गरिसकेको अवस्थामा माओवादी केन्द्रले समर्थन फिर्ता गर्ने अपेक्षा गरिएको थियो । तर, बैठक नै अनिश्चितकालका लागि स्थगित भएको हो । एक नेताका अनुसार बैठकको मिति यसअघिको अनौपचारिक छलफलबाटै तोकिएपनि नेताहरु अनुपस्थित भएको भन्दै स्थगित गरिएको छ । साथै समर्थन फिर्ता लिए मुलुक निर्वाचनमा जाने भएकाले त्यसलाई रोक्न पनि दलहरुबीच सहमति नभएसम्म फिर्ता बताईएको छ ।