नेपाली / English

पहेलो रंग र बिहीबार किन शुभ मानिन्छ ?

हप्ताको प्रत्येक दिन बिभिन्न देवताहरूलाई समर्पित छ र शास्त्रका अनुसार हरेक दिन बिभिन्न रङ्गका कपडा लगाउन सल्लाह दिइन्छ । सोमबारलाई शिवको दिन मानिन्छ र यो दिन सेतो लुगा लगाउने भनिन्छ । यस्तै प्रकार, बिहीबार प्रायः मानिसहरूलाई पहेंलो कपडा लगाएको देख्नु भएको छ होला ।
बिहीबार श्रीहरी विष्णुसंग, भगवान बृहस्पति देवको पनि दिन मानिन्छ । बिहीबारका दिन पूर्ण विधि पुर्वक श्रीहरी विष्णुसंगै, भगवान बृहस्पति देवको पनि पुजा गरिन्छ । भगवान विष्णुसँगै, बृहस्पति देवलाई पानी पहिलो रङ्ग मनपर्छ भन्ने विश्वास गरिन्छ । त्यसैले मनीषहरु यस दिन पहिलो रङ्ग कपडा लगाउँदछन् र पहिलो रङ्गको मिठाई वा फल प्रभुलाई चडाउँछन् । बिहीबारका दिन पहेलो चीज दान गार्नु पनि फलदायी मनिन्छ ।

किन पहेलोलाई शुभ मानिन्छ
– हिन्दू धर्ममा पहेंलो रंग धेरै नै शुभ मानिन्छ ।
– विवाहको विधिलाई विवाहमा पहेंलो हल्दी (बेसार) लगाएर गरेर शुरू हुन्छ ।
– धर्मशास्त्रमा पहेंलो रङ्गलाई समृद्धिको प्रतीक303को रूपमा वर्णन गरिएको छ ।
– पहेलो रंग जीवनमा शुभता दिन्छ । साथै पहेंलो रंगले दिमागलाई उर्जा दिएर नकारात्मक सोचाइहरू हटाउन पनि मद्दत गर्दछ ।

ज्योतिषका अनुसार गुरु ग्रहको कृपा नभएसम्म विवाह सम्भव हुदैन । यस्तो अवस्थामा यदि विवाहमा अवरोधहरू आउछन् वा यदि तपाई राम्रो जीवनसाथी खोज्दै हुनुहुन्छ भने बिहीबार तपाईले पहेंलो वस्त्र लगाउनुपर्दछ, परिस्थिति अनुकूल हुन्छ ।
भगवान विष्णु आफैले पनि पहेंलो वस्त्र लगाउँछन् । यस्तो अवस्थामा यदि तपाईले बिहीबार पहेलो वस्त्र र पहेंलो धातु लगाउनु हुन्छ जुन भगवान विष्णुको दिन हो तपाई भगवान विष्णुको विशेष अनुग्रह प्राप्त गर्न सक्नुहुनेछ । साथै बिहीबार पहेंलो रंगको लुगा लगाउनु स्वास्थ्य राम्रो रहन्छ र आर्थिक अवस्था पनि राम्रो छ ।