नेपाली / English

डिष्ट्रिक ३२५ ए२का लायन लीडर शम्भुप्रसाद धिमीरेको अन्र्तराष्ट्रिय निर्देशकमा उम्मेदवारी

काठमाडौं । विश्वभर सञ्जाल भएको संस्था लायन्स क्लव अन्तर्राष्ट्रियको निर्देशकमा सबैलाई साथ लिएर हिंड्ने मृदु भाषी सालीन व्यक्तित्वका धनि जीएलटी मल्टिपल एरिया लीडर तथा पीडिजी लायन शम्भुप्रसाद घिमिरेले उम्मेद्धवारी दिनुभएको छ । लायन्स क्लव अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ ए२ को तर्फबाट लायन घिमीरेको निर्देशकमा उम्मेदवारी परेको हो । उहाको होम क्लव रामेछाप लायन्स क्लव हो । यस क्लवबाट रामेछाप जिल्लामा समाजसेवाका क्षेत्रमा धेरै कामहरु भएका छन ।

लायन लीडर घिमीरेको पहलमा रामेछाप जिल्लाका सबै गाँउ र नगरमा यस क्लवले समाजसेवाका धेरै राम्रा कामहरु गरेका कुरा रामेछाप जिल्ला मन्थली नगरपालिकाका मेयर रमेश कुमार बस्नेतले बताएका छन । तामाकोशि सेवा समिति, रामेछाप अस्पताल, रामेछाप जिल्लाका धेरै सामुदायीक स्कुलहरुका विद्यार्थीहरुलाई स्कुल झोला लगायत विद्यार्थीहरुका लागि कपि, कलम न्यानो लुगा समेत वितरण गरेर यो क्लवले रामेछाप जिल्लाका धेरै दुःखीहरुको मनमनमा बस्न सफल भएको छ । यसका लागि लायन्स लिडर शम्भु प्रसाद घिमीरेको अतुलनिय योगदान रहेको छ ।