नेपाली / English

लायन्स क्लब रामेछापद्वारा एैतिहासिक र सहासिक निर्णय

काठमाडौ । लायन्स क्लब रामेछापको नियमित बैठक काठमाडौंको धुम्बराही स्थित दियो पार्टी प्यालेसमा सम्पन्न गरेको छ । लायन्स क्लवहरु खुल्ने र बन्द हुने यो नियति भोग्दै आएका लायन्सहरुको समस्यालाई दिर्घकालिनरुपमा कसरी समाधान गर्ने विषय सोचनिय बनेको अवस्थामा लायन लीडर शम्भुप्रसाद धिमीरेले क्लव आर्थिक रुपले सवल बनाउनका लागि क्लबको अक्षय कोष निर्माण गर्ने र त्यसका लागि प्रत्येक सदस्यहरुले आजिवन क्लब सदस्य रहनेगरि एक लाख अक्षय कोषमा जम्मा गर्ने प्रस्ताव राख्नु भएको थियो । उहाको प्रस्तावलाई क्लबको बैठकले पास गर्दै त्यसको थालनी समेत गरेको छ ।

लायन्स क्लब रोमेछापको यस्तो प्रयास र थालनीसंगै क्लवहरु खुल्ने र बन्द हुने नियति भोग्दै आएका लायन्सहरुले अब लायन्स क्लवलाई पनि आर्थिक रुपले सवल बनाएर लैजाने तयारी गर्दै गरेका छन । लायन्स क्लवहरुको इतिहासमा गर्भनर भईसकेका लायन्स लिडरहरुको देहावशान पछि क्लवहरुको पनि सँगसँगै अन्त हुने एउटा गम्भीर समस्या देखिएको छ । त्यस कारण अब यस्तो समस्या नहोस भन्ने हिसावले रामेछाप लायन्स क्लवले एउटा एैतिहासिक सहास गरेको छ ।