प्रदेश ३

त्रिशूलीमा बस खस्दा पाँचको मृत्यु, २९ घाइते

धादिङ । झापाको कांकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबस धादिङमा आज बिहान दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको भने एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ । दुर्घटनामा २९ घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक हेमराज घिमिरेले जानकारी दिनुभएको छ । मृत्यु हुनेमा…

Read More »

दुर्घटनामा एकको मृत्यु ३० घाइते

हेटौंडा । पूर्व–पश्चिम महेन्द्र राजमार्गको हेटौँडा–३, बसामाडीमा दुईवटा बस एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । आज काठमाडौँबाट जनकपुर जाँदै गरेको ना ७ ख ९३६ नं को यात्रुबाहक बस र इलामको पशुपतिनगरबाट काठमाडौँ आउँदै गरेको ना ७ ख २०५७ नं को अर्को यात्रुबाहक…

Read More »

स्थायी राजधानी तोक्ने विषयमा प्रस्ताव प्रस्तुत

हिटौडा । प्रदेश नं ३ को प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशको स्थायी राजधानी यथाशीघ्र तोक्न कार्यविधि ल्याउने विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुँयालले प्रस्ताव पेश गर्नुभएको छ । उक्त प्रस्तावमाथि नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक राधा घलेले सर्मथन गर्नुभएको थियो । बैठकमा…

Read More »

कलङ्कीमा आजदेखि ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू

काठमाडौँ । कलङ्की चोकमा हुने सवारी चाप हटाउन आजदेखि ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले अत्यधिक सवारी साधन रोकिने चोकका रुपमा रहेको कलङ्कीमा सो व्यवस्था लागू गरेको हो । ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरेसँगै अब उपत्यका बाहिर जाने र उपत्यकाभित्र आउने सवारी साधनले…

Read More »

रासायनिक मलको बढी प्रयोगले माटोमा अम्लीय बढ्दै

सिन्धुली । सिन्धुलीका अधिकांश खेतीयोग्य जमीनमा रासायनिक मलको अत्यधिक प्रयोगले माटोमा अम्लिय बढ्दै गएको छ । कृषकले रासायनिक मललाई प्राङ्गारिक मलको रुपमा प्रयोग गर्दा माटोमा अम्लिय बढेको हो । कृषि ज्ञान केन्द्र सिन्धुलीले विभिन्न स्थानमा घुम्ती माटो परीक्षण ल्याबबाट माटो परीक्षण गरेको थियो । जिल्लामा सञ्चालनमा रहेका पकेट ब्लक कार्यक्रमअन्तर्गत…

Read More »