प्रदेश ५

विमानस्थलमै औषधि थन्कियो, डोल्पामा बिरामीको बिजोग

बाँके । कर्णाली प्रदेशको दुर्गम डोल्पामा लैजाने लाखौँ मूल्यको औषधि करीब सातादेखि नेपालगञ्ज विमानस्थलमा थन्किएको छ । नेपालगञ्जबाट जुफालका लागि हवाई उडान अवरुद्ध भएका कारण उक्त औषधि नेपालगञ्जमै थन्किएको हो । औषधि यही थन्किएपछि अहिले डोल्पा अस्पतालमा सिटामोलको समेत अभाव देखिएको अस्पतालले जनाएको छ । जुफाल विमानस्थल चार दिनदेखि नखुलेकोले…

Read More »

सिङ्गो बस्तीमा झाडापखाला

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१, सिद्देश्वरस्थित अर्चलेको सिङ्गो बस्तीमा झाडापखालको प्रकोप फैलिएको छ । साविक सिद्देश्वर गाविसको वडा नम्वर २ र ३ अर्चलेका एउटै खानेपानीको मुहान प्रयोग गर्ने सबै स्थानीयवासी झाडापखालाका बिरामी बनेका हुन् । तल्लो घाटाखोलाको पानी प्रयोग गर्ने सबै ५३ जनामा झाडापखाला फैलिएको हो । रैनादेवी छहरा…

Read More »

तटीय क्षेत्रमा सतर्कता अपनाउन स्थानीय प्रशासनद्वारा अपिल

बाँके । निरन्तरको वर्षाका कारण बाँकेको राप्ती नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले अपिल गरेको छ । नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचना जारी गरेको प्रजिअ मदन भुजेलले बताउनुभयो । बाँकेमा नदीय तटीय क्षेत्रका झण्डै २४ हजार बासिन्दा प्रत्येक वर्ष बाढीको जोखिममा पर्ने गरेका छन्…

Read More »

बाँकेको डुडुवामा बाढी, नेपालगञ्ज डुबानमा

नेपालगञ्ज । दुई दिनदेखिको अविरल वर्षाका कारण बाँकेको डुडुवा गाउँपालिकामा आएको बाढीले बेतहनी सडकखण्डको कजवे डुबाएको छ । सो गाउँपालिका–२ स्थित कजवे डुुुबाउँदा साइकल तथा मोटरसाइकल ओहोरदोहोर गर्नसमेत अप्ठ्यारो भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । बाढीले धान रोप्न तयारी अवस्थामा रहेका खेतसमेत डुबाएको छ भने धानको ब्याडमा पनि क्षति…

Read More »

राज्यले दिएको सुविधा उपभोग गर्न नपाएको ज्येष्ठ नागरिकको गुनासो

दाङ । दाङका ज्येष्ठ नागरिकले सरकारले आफूहरुलाई स्वास्थ्य, यातायातलगायतका क्षेत्रमा दिएको सहुलियत उपयोग गर्न नपाएको गुनासो गरेका छन् । सामुदायिक प्रहरी सेवा केन्द्रले मङ्गलबार तुलसीपुरमा ज्येष्ठ नागरिकसँग गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्ने ज्येष्ठ नागरिकले यस्तो गुनासो गरेका हुन् । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका–१० निवासी ७६ वर्षीया सुमित्रा भण्डारीले उपचारका लागि तुलसीपुरको राप्ती…

Read More »