नेपाली / English

दाहाल–माधव पक्षद्वारा मुख्यमन्त्री डोरमणि पौडेललाई हटाए, बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य

काठमाडौं । मंगलबार कादिन आयोजित विरोधसभालाई सम्बोधन गर्दै दाहालले संसद् विघटनको निर्णय फिर्ता नगरिए आन्दोलनको आँधीबेरी ल्याउने बतायएका थिए । ‘यदि संविधानमाथिको प्रहार सच्याउन सकिएन भने भोलि आँधिबेरी आउनेछ भन्दै मयमा नै गल्ती सच्याएनौ भने २ सय ५० वर्ष पुरानो व्यवस्था फाल्न सक्ने जनताले तिमीहरूलाई बढार्ने चेतावनि दिएका थिए ।
आज बुधबारका दिन पेरिसडाँडा कार्यालयमा बसेको दाहाल–माधव समूहको प्रदेश सांसदको बैठकले शाक्यलाई संसदीय दलको नेतामा चयन गरेको छ । यसअघि यो समूहले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै मुख्यमन्त्रीको उम्मेदवारमा शाक्यलाई प्रस्ताव गरेको थियो ।