नेपाली / English

अमेरिकाको अन्तर्राष्ट्रिय विमानस्थल नजिक गोलीबारीमा भारतीय मुलका ४ सिख सहित ८ जनाको हत्या

वाशिंगटन । अमेरिकी राष्ट्रपति जो विडेनको कडा सन्देशको बावजुद गोलीबारीका घटनाहरू थमने नाम लिइरहेका छैनन् । इन्डियानापोलिस एयरपोर्टको नजिकै फेडएक्स क्याम्पस बाहिर गोलीबारीमा कम्तिमा आठ व्यक्तिको मृत्युहुनुका साथै धेरै घाइते भएका छन् । मृत्यु हुनेमा भारतीय सिख समुदायका चार व्यक्ति छन् । स्थानिय पुलिसका अनुसार आक्रमणकारीले पछि आफूलाई गोली हानेर मरेको बताइएको छ ।

अमेरिकाको ध्क्ष्इल् वेबसाइटमा प्रकाशित समाचारका अनुसार गोलीबारीमा सिख समुदायका चार व्यक्तिको मृत्यु भएको स्थानीय सिख नेता गुरिंदर सिंह खालसाले बताएका हुन । मृत्यृ हुनेमा तीन महिला र एक पुरुष रहेका छन् । न्यूज एजन्सी रोयटर्सले दावी गरे अनुसार अमेरिकामा ५०,००० भन्दा बढी सिखहरु बसोबास गर्छन् ।